काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।
प्रतिवादी कञ्चनपुर साविक श्रीपुर गाविस(३घर भई काठमाडौं महानगरपालिका(२९अनामनगर बस्ने ४० वर्षीय विशाल कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
वि.सं.२०८१ पुस ४ बिहीवार १३:५८ मा प्रकाशित






























