back
CTIZAN AD

जनयुद्धप्रति गौरव गरौं

वि.सं.२०८१ पुस ७ आइतवार

3.8K 

shares

म सुदुरगाउँमा जन्मेहुर्केको एउटा सोझो मान्छे हुँ। काठमाण्डौको सिंहदरवार वा सत्ता शक्ति केन्द्रहरुको राजनीति बुझ्दिन । बुझ्ने कोसिस पनि गरिन वा चाहिन । नेपालको भौगोलिक सिमानाभित्र जन्मेको हुँदा देशले नागरिकता दिएको छ । त्यसकारण, स्वत: यो देशको नागरिक हुँ । देशको नागरिकको हिसाबले देशमा हुने (बाह्य आयोजक वा प्रायोजक जोबाट संन्चालित वा निर्देशित भएपनि) घटना परिघटनामा चासो राख्दछु । हालै सर्बोच्चले संविधानको प्रस्तावना र धारा ४२ को उपधारा ५ अनुकुल नरहेको भन्दै जनयुद्ध शब्द प्रयोग गर्न नमिल्ने फैसला गरेछ । सर्वोच्चको आदेशले अब सरकारी कामकाजमा ‘जनयुद्ध” शब्द प्रयोग गर्न पाइने छैन।

म लक्का जवान हुँदा नेपालमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएको थियो । त्यो दसबर्षे सशस्त्र द्वन्द्वलाई मैले नजिकबाट देखेको र अनुभुव गरेको थिएँ । सन् २००० को दसक र त्यसपछि जन्मे हुर्केकाहरुको लागि यो एउटा ईतिहास मात्र भएको छ, जसरी सन् १९५१ सालको राणा शासन बिरुद्द नेपाली काग्रेसको आन्दोलन मेरो लागि हुने गर्दछ। अर्थात् आन्दोलन र युद्दको राप, ताप, त्याग र प्रभावको घनत्व ईतिहासमा जस्ताको तेस्तै आउँदैन । त्याग, वलिदान र पिडाको अनुभुती अनुभव गर्नेले मात्र गर्न सक्दछ।

सर्वोच्चको आदेशपछि फेरी चर्चामा आएको ‘जनयुद्ध’ शब्द र त्यो भित्रको अन्तरनिहित आसय बारेमा अहिलेका युवा पुस्ताले कसरी बुझेका होलान ? आजका युवाले प्रयोग गर्ने च्याट जिपिटीले के जानकारी दिन्छ होला ? मैले च्याट जिपिटिलाई सोधे ‘नेपालको जनयुद्ध बारेमा छोटोमा बताउ’ । च्याट जिपिटिको उत्तर थियो ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा भएको नेपालको जनयुद्ध १९९६ सालदेखि २००६ सालसम्म चलेको सशस्त्र विद्रोह थियो । यो युद्धको मुख्य उद्देश्य नेपालमा विद्यमान सामती शासन र राजतन्त्रको अन्त्य गर्दै जनवाद स्थापना गर्नु थियो । जनयुद्धले नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा ठूलो परिवर्तन ल्यायो”। च्याट जिपिटी जनयुद्धको उदेश्य भनेर “राजतन्त्रको अन्त्य, भूमी सुधार र सामन्तवादको उन्मूलन, जातीय, लैङ्गिक र क्षेत्रिय विभेदको अन्त्य गर्दै समानता सुनिस्चित गर्नु”। संक्षेपमा भन्दा सामन्तवादको अन्त्य र सबैखाले विभेदको उल्मुलन गर्नु जनयुद्धको उदेश्य रहेछ।

म सर्वोच्च अदालतको आदेश बारेमा टिपणी गर्ने हैसियत राख्दिन । विधमान कानुन, प्रमाण वा अरु यस्तै आधारमा यो आदेश आएको होला। म आज गणतन्त्र नेपालको नागरिक भएकोमा गौरव गर्दछु । मैले उपभोग गर्दै गरेको गणतान्त्रिक ब्यबस्थाको लागि कोसेढुङ्गा हो ‘जनयुद्ध’ । हजारौं जनताको त्याग र वलिदानले सिन्चित, उथलपुथलको त्यो दसक नेपालको एउटा गौरवमय ईतिहास हो ‘जनयुद्ध’ । नेपालको राजनीतिको अग्रगामी छलाङ थियो – जनयुद्ध । विभेदको बिरुद्दको आवाज थियो – जनयुद्ध। एउटा सत्य केहो भने नेपालमा गणतन्त्र लुखुर लुखुर लौरो टेकेर वा ठेलागाडा चडेर आँफै आएको होइन । कसैको अनुग्रह, बक्स्सिसबाट वा दाम चढाएर र विन्तीपत्रमा तोक लगाएर आएको पनि हैन । कुनै कानुनी परिधि र प्रकृयाबाट प्राप्त भएको पनि होइन । नेपाल आमाका उत्कृष्ट छोरीछोराहरुको गौरवमय वलिदानले आएको हो । आफ्नो ज्यान हत्केलामा राखेर मृत्यु वा मुक्तिको लागि होमिएका नेपालीहरुको गौरवमय दसकको ईतिहास हो।

जनयुद्धको परिस्थितीलाई बुझ्न २०५९ बैसाख १२ गते श्री ५ को सरकारले गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना नै प्रर्याप्त छ । त्यो सार्वजनिक सूचनामा जनयुद्दको नेतृत्वहरुको टाउकाको मूल्य तोकिएको थियो । जिवित वा मारेर ल्याउने वा सुराकी गर्नेलाई लाखौ रुपैयाँको पुरस्कारको घोषणा गरिएको थियो । तत्कालिन गृहराज्य मन्त्रिले सार्वजनिक कार्यक्रममा नै टाउको काटेर झोलामा ल्याउने र त्यही झोलामा पुरस्कार लिएर जाने भनेका थिए । त्यो कहाली लाग्दो कालखण्डले गणतन्त्रको जग कसरी निर्माण भएको थियो त्यो स्मरण गराउँदछ।

हुनत जनयुद्धको दौरान मानवता विरोधी, ब्यक्तिगत स्वार्थले अभिप्रेरित सुनचोर देखि नुनचोरसम्मका घटनाहरु भएका थिए । गद्दारी, पलायन, आत्मसमर्पण र बेईमानहरुले गरेका र गराईएका छिटफुट काण्डहरुले सिङ्गो जनयुद्दलाई अवमुल्यन गर्नु न्यायसंगत होइन। शान्ति प्रकृया र गणतन्त्रको स्थापनापछि सडकमा चप्पल पड्काउँदै र धुलो उडाउँदै शहर पसेकाहरु आज घरानिया वर्गमा रुपान्तरित हुँदा त्यसको अपजस पनि “जनयुद्ध” ले लिनुपरेको तितो यथार्थता हो। भुईवर्गको लागि शासन सत्ता रुपान्तरण गर्ने जिम्मा लिएकाहरु आफ्नै वर्ग परिवर्तन गर्दा जनतामा जनयुद्दको औचित्यमा प्र्श्न उठनु स्वभाविक हो । सत्ता र शक्तिको लागि वर्गिय राजनीतिलाई छोडदा पनि जनयुद्धलाई चोर औंला देखाउनेहरु प्रोत्साहित हुनु स्वभाविक हो । शासन पद्द्ती कुनै दल वा पार्टी विशेषको होइन । जनयुद्धको बलमा नेपालमा स्थापित गणतन्त्रले नै जनयुद्दको उचाई नाप्दछ।

जनयुद्धले उद्घोस गरेजस्तो जनवादि ब्यबस्थासम्म पुग्न सकेन । त्यसो हुनुमा आन्तरिक, बाह्य स् विश्व राजनीतिक परिवेश वा विकास आफ्नै सिमाना होलान र त्यसको समिक्षा पनि हुँदै जाला । तर, गणतन्त्रको स्थापनापछि जनयुद्धका सहिद, बेपत्ता, घाईते र विस्थापितहरु पट्टी पिठ्यिुँ फर्काएर जनयुद्धलाई सत्तोसराप गर्ने चैतेहरुको हाली मुहाली हुनु वा गर्नेलाई खादा माला लिएर स्वागत गर्नेहरु बढी जिम्मेवार छन् । जनयुद्धको ब्याज खानेहरु खासमा जनयुद्द बिरोधी हुन । जनयुद्द शब्दमा भन्दा पनि त्यसको भावलाई भुईमान्छेहरुको जीवन रुपान्तरणमा देखिनु महत्वपूर्ण हो । दलाल संसदिय पूँजीवादी ब्यबस्थामा ‘नौलो जनवादि व्यवस्था’ ले जस्तो जनयुद्दलाई ग्रहण गर्दैन । राजनीतिक दलहरुले आफ्नो वर्ग अनुकुल सत्ता रशक्तिले परिभाषित गर्नु स्वभाविक हो । अन्य राजनीतिक दल र त्यसका नेता कार्यकर्ताहरुले जनयुद्धको उपलब्धिको उपभोग गर्ने तर स्विर्कान गरेको मा दुस्ख मनाउ गर्नु हुँदैन । मह चोरेर खाने अरिंगाल वा हनी बाडगरले मौरिको घारबाट चोरेर वा लुटेर मह खाएपछी मौरिलाई धन्यवाद दिदैन।

पंन्चायती कालखण्डमा एउटा शब्द निकै प्रचलित थियो – ‘अत’ अर्थात अरास्ट्रिय तत्व। पंन्चायत बिरोधी सबै “अत” हुन्थे र तिनीहरुमाथि ‘सासु’ (शान्ती सुरक्षा) को चिर्पटोले हानी रहन्थे। युद्दकालमा ‘आतंककारी’ शब्दको आतंक थियो । अहिले गणतन्त्रमा स्खलित राजनीतिक दर्शन, आदर्श र व्यबहारले साम्राज्य कायम गरेकोछ। देशका कार्यकारी प्रमुख नै देशमा भष्ट्राचारले चुर्लुम्म डुबेको छ भनी सगौरव भाषण गर्नु हुन्छ। यस्तो अवस्था हुनुमा पुरानै पात्र र प्रवृति अर्थात “अत” का अन्बेषणकर्ता देखि हनी बाडगरसम्मको गठजोड हुनु हो । हामीले देशका प्रमुख निकायहरुलाई भेडाको मासु भाग लगाए जस्तो भागवण्डा गरी सरकारको पक्षपोषण गर्ने पंन्चायतकालिन “पनि जाबुस” जस्तो बनाउँदा हुने यस्तै नै हो । राजनीतिक दलका नेताहरु, नेताबाट मठाधिसमा रुपान्तरण हुँदा वा गरिदा आउने परिणाम यस्तै हुँदो रहेछ।

कसैले स्विकार गरेपनि वा नगरे पनि नेपालको ईतिहासमा जनयुद्ध लिपिबद्द भएको छ। युगान्तकारी परिवर्तनको जग निर्माणमा जनयुद्धको योगदानलाई कसैले हल्लाउन सक्दैन । अबको कार्यभार भनेको जनयुद्धलाई गायत्रीमन्त्र जस्तो जपेर होईन जनयुद्धको सारलाई निती, नेतृत्व, कार्यक्रम र व्यबहारमा रुपान्तरण गर्नु हो। जादुई टुनामुना, गठजोड, सत्तालिप्सा, परिवारवादको सागुरो घेरालाई तोड्नु हो । जनताप्रती उत्तरदायीभै जनतासंगै जनताको लागि समर्णपित हुनु हो । यसो गर्नु नै जनयुद्धको सम्मान हुनेछ।

महान जनयुद्द जिन्दावाद !

(लेखक नेपाल बुद्दिजिवी सङगठनको केन्द्रिय सदस्य हुनुहुन्छ।)

 

वि.सं.२०८१ पुस ७ आइतवार १०:०९ मा प्रकाशित

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...