back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८१ पुस २७ शनिवार

3.5K 

shares

राजन सिलवाल,खोपासी, काभ्रे

१.
आँखा चिम्लिनेहरू ! गगनमा घाम त हुन्छ नै
हाम्रो जीवन नै रामायण हो, राम त हुन्छ नै
प्रज्ञा ! शब्द साधनाको जुन मूलबाटोमा छु म
जसले लेखोस् इतिहास, मेरो नाम त हुन्छ नै ।

२.
त्याग केही छँदै छैन तिम्रो, देशसँग माग मात्रै छ
भोगसँग कुनै वैराग छैन, अनवरत राग मात्रै छ
कोही कालो ढुंगामा ईश्वर देख्छन्, पुज्छन्, तिमीले
त्यो उज्यालो देखेनौ जूनमा, भन्छौ दाग मात्रै छ ।

३.
म गाउँ हुँ रहने छु, तिमी नगर भएर हेर
सहन्छु म धरती हुँ, तिमी सगर भएर हेर
प्रज्ञा ! तिम्रो सौन्दर्य पनि एउटा बाढी हो
जब थामिन्छ, जीवनलाई बगर भएर हेर ।

४.
म छु अहिले न काँडा न फूल भएर
थिएँ म, दुई किनार जोड्ने पुल भएर
सिउँदोको सिन्दुर थियो त्यो कुनै दिन
जुन खसेको छ धरतीमा धुल भएर ।

५.
न न्याय न निसाफ दाम लागेपछि
मर्नैपर्छ रावणहरू राम लागेपछि
पर्ख, ए मेरा सुकुमार सपनाहरू !
थामिन्छ बाढी पनि घाम लागेपछि ।

वि.सं.२०८१ पुस २७ शनिवार १०:३३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...