back

पाँच मुक्तक

वि.सं.२०८१ पुस २७ शनिवार

477 

shares
GLOBAL IME AD
NTC AD

राजन सिलवाल,खोपासी, काभ्रे

१.
आँखा चिम्लिनेहरू ! गगनमा घाम त हुन्छ नै
हाम्रो जीवन नै रामायण हो, राम त हुन्छ नै
प्रज्ञा ! शब्द साधनाको जुन मूलबाटोमा छु म
जसले लेखोस् इतिहास, मेरो नाम त हुन्छ नै ।

२.
त्याग केही छँदै छैन तिम्रो, देशसँग माग मात्रै छ
भोगसँग कुनै वैराग छैन, अनवरत राग मात्रै छ
कोही कालो ढुंगामा ईश्वर देख्छन्, पुज्छन्, तिमीले
त्यो उज्यालो देखेनौ जूनमा, भन्छौ दाग मात्रै छ ।

३.
म गाउँ हुँ रहने छु, तिमी नगर भएर हेर
सहन्छु म धरती हुँ, तिमी सगर भएर हेर
प्रज्ञा ! तिम्रो सौन्दर्य पनि एउटा बाढी हो
जब थामिन्छ, जीवनलाई बगर भएर हेर ।

४.
म छु अहिले न काँडा न फूल भएर
थिएँ म, दुई किनार जोड्ने पुल भएर
सिउँदोको सिन्दुर थियो त्यो कुनै दिन
जुन खसेको छ धरतीमा धुल भएर ।

५.
न न्याय न निसाफ दाम लागेपछि
मर्नैपर्छ रावणहरू राम लागेपछि
पर्ख, ए मेरा सुकुमार सपनाहरू !
थामिन्छ बाढी पनि घाम लागेपछि ।

वि.सं.२०८१ पुस २७ शनिवार १०:३३ मा प्रकाशित

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...

गजल

गजल

बिके मुखिया,वाङदे, दार्जिलिङ, भारत बनेमा जिन्दगानी तुफानी भन्न लायक हुनेथ्यो...