back
CTIZAN AD

लघुकथा : ढुंगो सम्मेलन

वि.सं.२०८१ पुस २७ शनिवार

1.9K 

shares

वसन्त अनुभव, घोराही, दाङ

बाजागाजासहित आएको पत्थर हिराको सबैले उठेर स्वागत गरे । जो ढुङ्गो सम्मेलनको प्रमुख अतिथि हिरा आएलगत्तै कार्यक्रम सुरु भयो।
उद्घोषकले उपस्थित सबै ढुङ्गाहरूलाई पालैपालो बोल्न अवसर दियो । शरीरभरी रगत लागेको ढुङ्गोले रगत लाग्नुको कारण बताउँदै गुनासो पोख्यो,
–“सडक छेउ आराम गरिरहेका थियौँ। त्यहिँनेर प्रहरी र विद्यार्थीबिच भिडन्त भयो। विद्यार्थीले हामीलाई उठाएर प्रहरीलाई हाने। प्रहरीले विद्यार्थीलाई हाने। अनि हाम्रो हविगत यस्तो भयो।“

त्यत्तिँकैमा हस्याङ्फस्याङ गर्दै निधारमा रातो अबिर, चन्दन लागेको ढुङ्गो टुप्लुक्क आइपुग्यो। उपस्थित सबैले आदरभाव प्रकट गरे।
–‘हजुर त मन्दिरमा बस्नुहुन्छ, भगवान बनेर। गाठ टन्नै छ, समस्या के होला र ! तैपनि दुई शब्द राखिदिनुप¥यो।’ उद्घोषकले झुक्दै भन्यो ।

‘भुत्रोको गाठ हुनु ! भक्तले चढाएको पैसा जति पुजारीले चट पार्छ। आफू भने धुपको गन्ध सुँघ्दासुँघ्दा हैरान। उसमाथि घण्ट र मान्छेको कोलाहल। फूल र छिनछिने पैसाले टाउको फुटाएर दिक्क बनाउँछ। पुस, माघको जाडोमा बिहानै चिसोपानीले नुहाउँदाको तनाव बेग्लै ।’

भगवान ढुङ्गोको वाक्य पूरा नहुँदै अर्को ढुङ्गोले शरीरको धुलो टक्टक्याउँदै बोल्यो,
‘म मन्दिरको द्वारमा बस्छु। सबैले कुल्चेर जान्छन्। अझ भएन भनेर नरिवल मेरै टाउकोमा फुटाउँछन् हजुर !’

कार्यक्रम स्थलमा एक्कासि दुर्गन्ध फैलियो। शरीरभरि आँची लागेको ढुङ्गो आएर गुनासो पोख्यो,‘म जङ्गलको बाटो हुँदै कार्यक्रममा आउँदै थिएँ। एउटा मान्छे झाडीमा बसेको रहेछ । उसैले च्याप्प पकडेर यस्तो हालत बनाइदियो।’
अन्तमा प्रमुख अतिथि हिरालाई लक्षित गर्दै उद्घोषकले भन्यो,
–‘हजुर त ! आफैँमा बहुमुल्य हुनुहुन्छ। समस्या के होलान् र ?’ ‘कुरो गर्नुहुन्छ, मेरोजस्तो हाल कस्को होला र ? सधैँ थैलीमा कोचिएर बस्नुपर्छ। बाहिरी संसार हेर्नै मिल्दैन। आज पनि मालिक सुतेको मौका छोपेर थैलीसँग विदा मागेर आएको हुँ। मालिक उठे होलान्। अब जानुपर्छ।’
मलिन अनुहार पार्दै हिराले भन्यो। अनि उठेर हतार हतार बाटो लाग्यो ।

 

वि.सं.२०८१ पुस २७ शनिवार १०:३४ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...