back
CTIZAN AD

कविता : कहाँ छ मूल्य ?

वि.सं.२०८१ पुस २७ शनिवार

1.8K 

shares

महेश राज खरेल, काठमाडौं

एउटा स्फटिक सेतो निश्छल माया वा स्नेहमा
स्वार्थको कालो सानो धर्साेले
कोरेर कतिपयले
आफ्नो जीवनको चुहिने टपरी सिलाउँछन्
भरोसा गर्छन् सायद !
यो आफ्नो सृजनाले
निकै ओज थाम्न सक्ने छ
तर अफसोस ! परिणाम
सेतो स्फटिक माया वा स्नेहमा
कहिल्यै नमेटिने कालो दाग बास बस्नेछ
चुहिने टपरीले ठोस पदार्थ केही बोकेपनि
तरल जति भुइँमा चुहिने छ
किन गर्छ मानिस यो निरर्थक प्रयत्न र मिहेनत
केवल आफुलाई भिन्न देखाउन ?
भिन्न देखिनलाई त हुनुपर्छ
चेतनाको चमक दिमागमा
संकल्प बोक्नु पर्छ उद्धेश्यमा
नत्र त
फराकिलो मैदानमा गाडिएको बुख्याँःचा
र यो प्रयत्नमा के भिन्नता हुन्छ र!
नजान्नेहरूलाई केहीक्षण अलमल मात्र न हो ।

 

वि.सं.२०८१ पुस २७ शनिवार १०:३५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...