back

कविता : कहाँ छ मूल्य ?

वि.सं.२०८१ पुस २७ शनिवार

552 

shares
GLOBAL IME AD
NTC AD

महेश राज खरेल, काठमाडौं

एउटा स्फटिक सेतो निश्छल माया वा स्नेहमा
स्वार्थको कालो सानो धर्साेले
कोरेर कतिपयले
आफ्नो जीवनको चुहिने टपरी सिलाउँछन्
भरोसा गर्छन् सायद !
यो आफ्नो सृजनाले
निकै ओज थाम्न सक्ने छ
तर अफसोस ! परिणाम
सेतो स्फटिक माया वा स्नेहमा
कहिल्यै नमेटिने कालो दाग बास बस्नेछ
चुहिने टपरीले ठोस पदार्थ केही बोकेपनि
तरल जति भुइँमा चुहिने छ
किन गर्छ मानिस यो निरर्थक प्रयत्न र मिहेनत
केवल आफुलाई भिन्न देखाउन ?
भिन्न देखिनलाई त हुनुपर्छ
चेतनाको चमक दिमागमा
संकल्प बोक्नु पर्छ उद्धेश्यमा
नत्र त
फराकिलो मैदानमा गाडिएको बुख्याँःचा
र यो प्रयत्नमा के भिन्नता हुन्छ र!
नजान्नेहरूलाई केहीक्षण अलमल मात्र न हो ।

 

वि.सं.२०८१ पुस २७ शनिवार १०:३५ मा प्रकाशित

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया जलाए दिल उनैले सादगी...

लघुकथा : सहादत

लघुकथा : सहादत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मध्यरातमा देखिएको छायाँ आकृतिले...

गजल

गजल

गजलिका, अमेरिका बसूँ भन्छ यो मन नयनभित्र तिम्रो इरादा छ...

कविता : मन छैन साथ

कविता : मन छैन साथ

उत्तमकुमार पोखरेल, भक्तपुर के के सुने सहरमा, कति सत्य होला...

कविता : म र भ्रष्टाचार

कविता : म र भ्रष्टाचार

दीनानाथ पोख्रेल, इलाम म व्यक्ति अति अग्लो छु, पदले धनले...

कविता : रिस

कविता : रिस

उत्तम विचार, नुवाकोट रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ...