back
CTIZAN AD

सुसेलीः सृष्टि यस्तै भो

वि.सं.२०८१ पुस २७ शनिवार

1.3K 

shares

बिश्वनाथ ढुङ्गेल, भक्तपुर

सृष्टि यस्तै भो
उमेरको मादमा
हुने यस्तै हो ।१

हेर्न सकिन्न
अन्धो हुन्छ मायामा
फेर्न सकिन्न ।२

सुख चाहिन्छ
धन मोह हेरिन्न
माया लाइन्छ ।३

भई प्रसन्न
भाव राम्रो प्रेमको
हुन्न बिर्सन ।४

डग्दै डग्दैन
माया विना संसार
चल्न सक्दैन ।५

साह्रो र गाह्रो
छोडे पनि सबैले
मायानै प्यारो ।६

दिल सरेको ।
भागबण्डा सृष्टिको
माया परेको ।७

चुल्हो बलेको
दुई मुटु मिलेर
सृष्टि चलेको ।८

दुई धड्कन
साथ पाई मायाको
अघि बढ्छन ।९

छाँया नपार
लाऊ मायाँ बुझेर
बन्छ अपार ।१०

 

 

वि.सं.२०८१ पुस २७ शनिवार १०:३८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...