
बिश्वनाथ ढुङ्गेल, भक्तपुर
सृष्टि यस्तै भो
उमेरको मादमा
हुने यस्तै हो ।१
हेर्न सकिन्न
अन्धो हुन्छ मायामा
फेर्न सकिन्न ।२
सुख चाहिन्छ
धन मोह हेरिन्न
माया लाइन्छ ।३
भई प्रसन्न
भाव राम्रो प्रेमको
हुन्न बिर्सन ।४
डग्दै डग्दैन
माया विना संसार
चल्न सक्दैन ।५
साह्रो र गाह्रो
छोडे पनि सबैले
मायानै प्यारो ।६
दिल सरेको ।
भागबण्डा सृष्टिको
माया परेको ।७
चुल्हो बलेको
दुई मुटु मिलेर
सृष्टि चलेको ।८
दुई धड्कन
साथ पाई मायाको
अघि बढ्छन ।९
छाँया नपार
लाऊ मायाँ बुझेर
बन्छ अपार ।१०
वि.सं.२०८१ पुस २७ शनिवार १०:३८ मा प्रकाशित