back
CTIZAN AD

कविता : श्रमी बनी खटून् सदैव पाखुरा ।

वि.सं.२०८१ पुस २७ शनिवार

1.4K 

shares

दीनानाथ पोख्रेल, इलाम

बिहान साँझ खेतमा किसान छन् ।
टिपेर अन्न विश्वमा पठाउँछन् ।।
मुसुक्क हाँस्दछन् खुली सबै गरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०१।।

किसान हाँस्न पाउला कसो गरी ?
उपाय खोज्न बेर भो धरा भरी ।।
सबै धरा बनाउँदै हराभरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०२।।

दिऊँ सुप्राप्ति लोकमा गमीकन ।
छ यो मनुष्यमात्रको बडो धन ।।
भुली सुकर्म साधना नहून् कुरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०३।।

सबै उठी चिनौँ सुकर्म हो धन ।
सफा गरौँ सधैँ विचारले मन ।।
पलाउँछन् नयाँ उदात्त आँकुरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०४।।

विचार आउँछन् निका नयाँ जब ।
उठी सुकर्म खोज्छ चेतले तब ।।
उठूँ म यो हँसाउँदै वसुन्धरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०५।।

सुकर्म गाउँछौ भने उठ्यो जुनी ।
सफा विचार चेतमा रहोस् गुनी ।।
पुकार्दछिन् यही भनी वसुन्धरा ।
श्रमी बनी खटून् सदैव पाखुरा ।।०६।।

छन्द – विभावरी
गण – ज र ज र
सङ्केत -ISI  SIS  ISI SIS

 

वि.सं.२०८१ पुस २७ शनिवार १०:४० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...