
बिके मुखिया, दार्जिलिङ, भारत
गल्ली गल्ली घुमेकोछु मेरो घर छैन
सबैले पागल भन्छन् नाम थर छैन
कहाँबाट हिँडे एक्लै कहाँ पुग्नु पर्ने
गन्तव्य भुलेँ मैले पुग्ने सहर छैन
आफ्नैले छरेर गए काँडा बाटोभरि
टेक्दै हिडेँ धुलो ठानी कुनै डर छैन
सँगै जिउने मर्ने कसम हाम्रो थियो
कसम तोडी जानेको अब भर छैन
रमाइलो गरेर बसौ भन्थ्यौ तिमीले
हरायौ तिमी आफै कहाँ खबर छैन
अनुप्रास – अर
अत्यानुप्रास – छैन
अक्षर संख्या – १४
वि.सं.२०८१ पुस २७ शनिवार १०:४१ मा प्रकाशित