back
CTIZAN AD

चारु

वि.सं.२०८१ पुस २७ शनिवार

951 

shares

बिके मुखिया, दार्जिलिङ, भारत

गल्ली गल्ली घुमेकोछु मेरो घर छैन
सबैले पागल भन्छन् नाम थर छैन

कहाँबाट हिँडे एक्लै कहाँ पुग्नु पर्ने
गन्तव्य भुलेँ मैले पुग्ने सहर छैन

आफ्नैले छरेर गए काँडा बाटोभरि
टेक्दै हिडेँ धुलो ठानी कुनै डर छैन

सँगै जिउने मर्ने कसम हाम्रो थियो
कसम तोडी जानेको अब भर छैन

रमाइलो गरेर बसौ भन्थ्यौ तिमीले
हरायौ तिमी आफै कहाँ खबर छैन

अनुप्रास – अर
अत्यानुप्रास – छैन
अक्षर संख्या – १४

वि.सं.२०८१ पुस २७ शनिवार १०:४१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...