back
CTIZAN AD

गजल

वि.सं.२०८१ पुस २७ शनिवार

1.3K 

shares

अरुण खड्का, किर्तिपुर, काठमाडौं

पोल्न देह बाबाको घाट धाउँदै होला
जल छरेर शवमा ऊ खुब रमाउँदै होला

जिन्दगी अनाहकमा बन्धकी बनाएछन्
तड्पिएर मन आँखामा रसाउँदै होला

भन्छ खास नेता हुँ दिल्लगी गरी खुब ऊ
भाँच्नु छैन सिन्को के धक्कु लाउँदै होला

गर्छ दिल मनोमानी प्रेममा मजा बेग्लै
चाहना लिई चक्कर ऊ लगाउँदै होला

धापभित्र एक्लै छाड्यो गरेर छल उसले
पाठ अन्त नैतिकताको पढाउँदै होला

बहर – मुक्तजिब मुसम्मन मतवी मक्तूअ
अर्कान – फाइलातु मफ्ऊलुन् फाइलातु मफ्ऊलुन्
वजन – २१२१ – २२२ – २१२१ – २२२
काफिया – आउँदै
रदीफ – होला
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८१ पुस २७ शनिवार १०:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...