
अरुण खड्का, किर्तिपुर, काठमाडौं
पोल्न देह बाबाको घाट धाउँदै होला
जल छरेर शवमा ऊ खुब रमाउँदै होला
जिन्दगी अनाहकमा बन्धकी बनाएछन्
तड्पिएर मन आँखामा रसाउँदै होला
भन्छ खास नेता हुँ दिल्लगी गरी खुब ऊ
भाँच्नु छैन सिन्को के धक्कु लाउँदै होला
गर्छ दिल मनोमानी प्रेममा मजा बेग्लै
चाहना लिई चक्कर ऊ लगाउँदै होला
धापभित्र एक्लै छाड्यो गरेर छल उसले
पाठ अन्त नैतिकताको पढाउँदै होला
बहर – मुक्तजिब मुसम्मन मतवी मक्तूअ
अर्कान – फाइलातु मफ्ऊलुन् फाइलातु मफ्ऊलुन्
वजन – २१२१ – २२२ – २१२१ – २२२
काफिया – आउँदै
रदीफ – होला
अभ्यास – परिश्रमी पाठशाला
वि.सं.२०८१ पुस २७ शनिवार १०:४२ मा प्रकाशित