
जेबि जिज्ञासु, नेचासल्यान, सोलुखुम्बु
म साधु मान्छे पिएर आएँ
भुलेँ सिमाना मिचेर आएँ
सहेँ सबै घाउ जिन्दगीको
र टिल्लिँदै घर अबेर आएँ
वसन्तमै राग छैन के भो ?
म फूल जस्तै सुकेर आएँ
रहेछ दुनियाँ अचम्मको यो
शिशिर बिनै पो जमेर आएँ
विडम्बना जिन्दगी बनेछ
शशी हरे लौ दुखेर आएँ
बहर–मुतकारिब मकबुज असलम
अर्कान – मफाइलातुन् मफाइलातुन्
वजन – १२१२२ – १२१२२
काफिया – एर
रदिफ – आएँ
अभ्यास – उज्यालो पाठशाला
वि.सं.२०८१ पुस २७ शनिवार १०:४८ मा प्रकाशित