back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ पुस २७ शनिवार

1.5K 

shares

म्यामराज राई
भोजपुर, हाल-जापान

१.
कसैसँग हुँदैन पूर्णता
अभ्यासले अभ्यस्त बन्न
गुरुशिष्यको चाहिन्छ एकता ।

२.
आफ्नै तालमा कुदिरहन्छौ
महासागर पुग्ने योजनामा
विनालगाम किन खोजिरहन्छौ ?

३.
चरी खोज्छिन् चारो
कठै ! गुलेलीले ढलिन्
मानवको सोचाइ तगारो ।

४.
खोकी आउँदैमा नखोक्नुहोस्
नाटक भन्लान् फेरि
सम्मानित माथ बोक्नुहोस् ।

५.
फसाऊ, सके फसाउँछु
विडम्बना ! राजनैतिक खेल
कम्तीमा बनी बसाउँछु ।

६.
कानुन बसाइँ गयो
सन्जालमा पूर्ण फैसला
नोटको हालीमुहाली भयो ।

७.
गफिने कर्म माने
फल केही नलाग्ला
भविष्य कता लाने ?

८.
कमल हिलोमा फुल्छ
खास वरदान भगवान्को
सिउँडी मरुभूमिमा डुल्छ ।

९.
हुने नहुने कुरो
सस्तो लोकप्रियतामा कुदिरहन्छौ
बुझ्दै नबुझी चुरो ।

१०.
एकनासको हुँदैन बाटो
सदा लक्ष्योन्मुख होऔँ
सकेसम्म नराखी रहाँटो ।

वि.सं.२०८१ पुस २७ शनिवार १०:५१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...