
म्यामराज राई
भोजपुर, हाल-जापान
१.
कसैसँग हुँदैन पूर्णता
अभ्यासले अभ्यस्त बन्न
गुरुशिष्यको चाहिन्छ एकता ।
२.
आफ्नै तालमा कुदिरहन्छौ
महासागर पुग्ने योजनामा
विनालगाम किन खोजिरहन्छौ ?
३.
चरी खोज्छिन् चारो
कठै ! गुलेलीले ढलिन्
मानवको सोचाइ तगारो ।
४.
खोकी आउँदैमा नखोक्नुहोस्
नाटक भन्लान् फेरि
सम्मानित माथ बोक्नुहोस् ।
५.
फसाऊ, सके फसाउँछु
विडम्बना ! राजनैतिक खेल
कम्तीमा बनी बसाउँछु ।
६.
कानुन बसाइँ गयो
सन्जालमा पूर्ण फैसला
नोटको हालीमुहाली भयो ।
७.
गफिने कर्म माने
फल केही नलाग्ला
भविष्य कता लाने ?
८.
कमल हिलोमा फुल्छ
खास वरदान भगवान्को
सिउँडी मरुभूमिमा डुल्छ ।
९.
हुने नहुने कुरो
सस्तो लोकप्रियतामा कुदिरहन्छौ
बुझ्दै नबुझी चुरो ।
१०.
एकनासको हुँदैन बाटो
सदा लक्ष्योन्मुख होऔँ
सकेसम्म नराखी रहाँटो ।
वि.सं.२०८१ पुस २७ शनिवार १०:५१ मा प्रकाशित