back
CTIZAN AD

लघुकथा : समय

वि.सं.२०८१ पुस २७ शनिवार

1.8K 

shares

दिव्य गिरी,महालक्ष्मी, ललितपुर

लगभग चार बर्षपछि उसको फोन आयो ।

‘मलाई चिन्यौ ? म दधिराम बोलेको ।’

हामी धेरै बर्षसम्म एउटै कार्यालय एउटै शाखामा सँगै काम गरेका । मैले उसले नाम नभनेको भए पनि उसको धोत्रो स्वरले चिनिहाल्थेँ ।
‘चिनें । यति छिटै कसरी बिर्सनु । आज कहाँबाट सम्झियौ ?’ मैले यति भनेपछि उसले हाँस्दै भन्यो– ‘बिर्सेका रहेनछौ, खुसी लाग्यो । यसो सम्झने काम परेकोले फोन गरेको । यही आउँदो ७ गते शनिवार मेरो जेठी नातिनीको पास्नी छ । भाउजुलाई पनि ल्याउनु ।’

‘छोराको बिहेमा नडाक्ने, अनि पास्नीमा चाहीँ खोजीखोजी बोलाउने ?’ मैले हास्दै ठट्टा गरेंं ।

‘बिहेमा सम्झेर पनि नबोलाएकै हो ।’

‘किन ?’

‘सबै कुरा फोनमा नै गर्नु ? । भेट भएपछि सबै बिस्तार गरुँला ।’

पास्नीको आयोजना भव्य थियो ।

‘बुहारी त राम्री नै रहिछन् । छोरा बुहारीको जोडा पनि खुबै मिलेको । अझ नातिनीको अनुहार त ठ्याक्कै बाबुको’ मेरी श्रीमतीले प्रशँसाको पूल नै बाँधिन् ।

ऊ र उसकी श्रीमती दुबैले एक–अर्कोलाई हेर्दै मुखामुख गरे ।

‘बुहारीको माइत कहाँ नि ?’ मैले सोधें ।

मेरो प्रश्नको जबाव दिन उसले चारैतिर हे¥यो । अनि मेरो कानमा विस्तारै भन्यो–‘आफ्नै घरमा डेरा लिएर बस्नेकी छोरी । के गर्ने समय पनि कस्तोकस्तो आयो ।’

वि.सं.२०८१ पुस २७ शनिवार ११:५० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...