back
CTIZAN AD

 राईको मलेसियाबाट बिदाइ

वि.सं.२०७४ जेठ १४ आइतवार

969 

shares

karna-badhadur-rai-1

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले कर्णबहादुर राईलाई रु ५१००० हजार पुरस्कार सहित प्रमाणपत्र र मायाको चिनो दिएर सम्मान तथा भब्य बिदाइ गरेको छ । आफ्नो कार्यकाल पुरा गरी कर्ण बहादुर राइ २९ मे को दिन नेपाल फर्कन लागेका हुन । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे बापत संघले उहाँलाई पुरस्कृत गरेको हो ।

karna-badhadur-rai-2पुरस्कार वितरण गर्दै प्रमुख अतिथी एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेमगरले राइको साहसको कदर गर्दै राष्ट्रिय खेलेकुद परिषद र नेपाल कराते महासंघले पनि उहाँलाई उच्च सम्मान दिनेछ भन्नेमा एनआरएनए मलेसिया आशावादी रहेको बताउनु भयो । उहाँले राइको योगदानले मलेसियामा रहेका नेपालीहरुलाई पनि हौसला बढाएको बताउनु भयो । बिगत तीन वर्ष देखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक प्राप्त गर्ने राई, नेपाली प्रवासी सितोरियो कराते संघमा बरिस्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।

विदाई कार्यक्रममा नेपालबाट १४ वटा देश घुम्दै सिङापुर हुदै मलेसिया आउनु भएका देशलाइ बिश्व सामु चिनाउने वातावरण संरक्षण र बिश्व शान्ति भन्ने मुल नाराका साथ सगरमाथाको देश, भगवान बुद्धको जन्मस्थाल लुम्बिनीलाई चिनाउने साइकलयात्रीहरु अनिष ढकाल, निर्मल बराल र दिलिप क्षेत्रीलाई पनि भब्य सम्मान तथा बिदाइ गरिएको छ।

कार्यक्रममा विशेष अतिथी ब्यापारी समाज मलेसियाका सचिव बिपिन राई र नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला, पत्रकार रामचन्द्र गिरीले विदाई भएर जाने कर्ण राईलाई यात्राको कामनाको साथै स्वर्ण पदक विजेता गर्नु भएकोमा प्रंसशा गर्नुको साथै साइकल यात्रीहरुको भब्य सम्मान गरिएको थियो। कार्यक्रममा इलामेली समाजका अध्यक्ष नरेन्द्र कार्की, लोकगायिका अस्मिता शर्मा, कलाकार लक्ष्मी भट्ट, कराते खेलाडी राम तामाङ र तुलाराम धामी साथै किरात यायोक्खा प्रतिनिधि महेश राईको सहभागीता थियो । कार्यक्रमको संचालन कराते महासचिव नर्बु तामाङले गर्नुभएको थियो । कार्यक्रम नेपाली प्रवासी सितोरियो कराते नयाँ डोजो हलमा सभापतित्व योगेन्द्र कोइरालाले गर्नुभएको थियो ।

वि.सं.२०७४ जेठ १४ आइतवार १५:४६ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...