back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ माघ १२ शनिवार

1.9K 

shares

शोभा आचार्य गौतम, काठमाडौँ

१.
लेख्दै छु आज
पुस माघको जाडो
दुखीको राज ।

२.
चुहिने छानो
छैन न्यानो लाउन
रित्तो छ मानो ।

३.
छैन नि खान
कठ्याङ्ग्रिने यो चिसो
खै समाधान ।

४.
कट्छ कसरी
परालको छ आगो
न आओस् झरी ।

५.
खतरनाक
दुखीको त्यो अवस्था
नगर धाक ।

६.
छैन नि सुख
जस्तै आऊन् नि नेता
जान्न यो दुःख ।

७.
जिन्दगी गाह्रो
देख्दै छ दर्दनाक
पीडा छ साह्रो ।

८.
कहाँ गई पोख्ने
छाप्रोको त्यो पीडा
के ले खै जोख्ने ।

९.
यस्तै छ हाल
कसैलाई महल
दुःखीको पाल ।

१०.
चैन नि छैन
पिडीतको देखेर
मन बेचैन ।

वि.सं.२०८१ माघ १२ शनिवार ०५:२६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...