back

कविता : नारी जागौँ

वि.सं.२०८१ माघ २६ शनिवार

297 

shares
GLOBAL IME AD
NTC AD

कल्पना अधिकारी,टोखा काठमाडौं

नारी बने शिक्षित सभ्य पात्र ।
बन्दैन हाम्रो घर गाउँ मात्र ।
बन्नेछ यो देश र विश्व सारा।
बनौँ सबैका गतिला सहारा।१।

विकासका निम्ति उठौं जुटेर।
देखाउनै पर्छ सिँढी चढेर।
भित्रै छ ऊर्जा बल झिक्नुपर्छ।
सिक्ने कुरा दोब्बर सिक्नुपर्छ।२।

हिंसा बलात्कार बढी रहेका ।
भोग्नेहरू छन् बिचरा बनेका।
गिर्दो छ उद्योग र अर्थतन्त्र।
सहिष्णुताको जग मूलमन्त्र ।३।

खोज्नैछ हाम्रो पहिचानलाई।
रोज्नैछ साँचो शुभ मार्गलाई।
हुँदैन लाछी अब बन्न हामी।
आऊन् चुनौती जति नै सुनामी।४।

बनेर काली अनि उग्रचण्डी ।
सखाप पारौँ जति छन् शिखण्डी।
पाता कसौँ हुन् शठ दुर्दुहाई।
वर्चस्व थामौँ गरिमा बढाई।५।

यो देशको उन्नति तर्फ लाग्न।
नारी तुरुन्तै अब पर्छ जाग्न।
छन् गन्दगी जे सब फाल्नु पर्छ।
सयौँ समस्या जति बाल्नु पर्छ ।६।

कर्तव्य के हो त्यस तर्फ लागौँ।
सुत्ने हुँदै होइन शीघ्र जागौँ ।
धर्ती उज्यालो अब पार्नु पर्छ।
निशा,अध्यारा सब झार्नु पर्छ।७।

आमा बिरामी रहँदा थलामा।
अड्किन्छ जो सास गई गलामा।
बचाउनै पर्छ मिलेर नारी ।
दिलाउने हो दरिलो छहारी ।८।

छन्द : उपजाति

वि.सं.२०८१ माघ २६ शनिवार ०५:०८ मा प्रकाशित

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आज पाँच वटा अन्तरराष्ट्रिय दिवस परेका छन् ।...

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...