back
CTIZAN AD

कविता : नारी जागौँ

वि.सं.२०८१ माघ २६ शनिवार

768 

shares

कल्पना अधिकारी,टोखा काठमाडौं

नारी बने शिक्षित सभ्य पात्र ।
बन्दैन हाम्रो घर गाउँ मात्र ।
बन्नेछ यो देश र विश्व सारा।
बनौँ सबैका गतिला सहारा।१।

विकासका निम्ति उठौं जुटेर।
देखाउनै पर्छ सिँढी चढेर।
भित्रै छ ऊर्जा बल झिक्नुपर्छ।
सिक्ने कुरा दोब्बर सिक्नुपर्छ।२।

हिंसा बलात्कार बढी रहेका ।
भोग्नेहरू छन् बिचरा बनेका।
गिर्दो छ उद्योग र अर्थतन्त्र।
सहिष्णुताको जग मूलमन्त्र ।३।

खोज्नैछ हाम्रो पहिचानलाई।
रोज्नैछ साँचो शुभ मार्गलाई।
हुँदैन लाछी अब बन्न हामी।
आऊन् चुनौती जति नै सुनामी।४।

बनेर काली अनि उग्रचण्डी ।
सखाप पारौँ जति छन् शिखण्डी।
पाता कसौँ हुन् शठ दुर्दुहाई।
वर्चस्व थामौँ गरिमा बढाई।५।

यो देशको उन्नति तर्फ लाग्न।
नारी तुरुन्तै अब पर्छ जाग्न।
छन् गन्दगी जे सब फाल्नु पर्छ।
सयौँ समस्या जति बाल्नु पर्छ ।६।

कर्तव्य के हो त्यस तर्फ लागौँ।
सुत्ने हुँदै होइन शीघ्र जागौँ ।
धर्ती उज्यालो अब पार्नु पर्छ।
निशा,अध्यारा सब झार्नु पर्छ।७।

आमा बिरामी रहँदा थलामा।
अड्किन्छ जो सास गई गलामा।
बचाउनै पर्छ मिलेर नारी ।
दिलाउने हो दरिलो छहारी ।८।

छन्द : उपजाति

वि.सं.२०८१ माघ २६ शनिवार ०५:०८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...