back
CTIZAN AD

कविता : वृद्ध -गाथा

वि.सं.२०८१ माघ २६ शनिवार

759 

shares

राम शरण न्यौपाने,भक्तपुर

झुल्केघामसँगै हिमाल चुचुरा हाँस्छन् जसै सुन्दर
ऊर्जा उन्नतले सुशोभित रहुन् ती वृद्ध बस्ने घर
साँचे जो जति नै पराक्रम गरी यो राष्ट्रको गौरव
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।१

थाकेनन् शुभकर्म गर्न वयमा जो घाम पानी भनी
सच्चा कर्म र धर्ममा दिनदिनै होम्दै गए जीवनी
पाई सञ्चय वृद्धका अवनिमा छन् धेर हो वैभव
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।२

योद्धा हुन् सब वृद्ध कर्मपथका सङ्घर्षका सारथी
साह्रै सक्षम छन् सचेत पनि छन् कर्तव्यका पारखी
के हो देन विशाल वृद्ध जनको लेखा रहोस् है सब
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।३

आफ्नो रीत परम्परा सब बुझी संस्कारका छन् धनी
थाम्छन् उच्च बिँडो सदाशय लिँदै पुर्खा सबैको पनि
माटोको ममता छ धेर यिनमा पुज्छन् धरा यो तब
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।४

धेरै युद्ध लडे डटेर यिनले फोरे ठुला खोरिया
पाकामानिस स्वर्णका मुकुट हुन् लाग्दैनलाग्ने खिया
मान्दै भीष्म समानका जन बुढा वृद्धा जया नै सब
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।५

छन्द – शार्दूलविक्रीडित
गण – म स ज स त त गु
सङ्केत – SSS  llS  lSl  llS  SSl  SSl S

वि.सं.२०८१ माघ २६ शनिवार ०५:१० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...