back

कविता : वृद्ध -गाथा

वि.सं.२०८१ माघ २६ शनिवार

306 

shares
GLOBAL IME AD
NTC AD

राम शरण न्यौपाने,भक्तपुर

झुल्केघामसँगै हिमाल चुचुरा हाँस्छन् जसै सुन्दर
ऊर्जा उन्नतले सुशोभित रहुन् ती वृद्ध बस्ने घर
साँचे जो जति नै पराक्रम गरी यो राष्ट्रको गौरव
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।१

थाकेनन् शुभकर्म गर्न वयमा जो घाम पानी भनी
सच्चा कर्म र धर्ममा दिनदिनै होम्दै गए जीवनी
पाई सञ्चय वृद्धका अवनिमा छन् धेर हो वैभव
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।२

योद्धा हुन् सब वृद्ध कर्मपथका सङ्घर्षका सारथी
साह्रै सक्षम छन् सचेत पनि छन् कर्तव्यका पारखी
के हो देन विशाल वृद्ध जनको लेखा रहोस् है सब
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।३

आफ्नो रीत परम्परा सब बुझी संस्कारका छन् धनी
थाम्छन् उच्च बिँडो सदाशय लिँदै पुर्खा सबैको पनि
माटोको ममता छ धेर यिनमा पुज्छन् धरा यो तब
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।४

धेरै युद्ध लडे डटेर यिनले फोरे ठुला खोरिया
पाकामानिस स्वर्णका मुकुट हुन् लाग्दैनलाग्ने खिया
मान्दै भीष्म समानका जन बुढा वृद्धा जया नै सब
गाउन् कोकिलझैँ रमेर कविले ती वृद्ध–गाथा अब।।५

छन्द – शार्दूलविक्रीडित
गण – म स ज स त त गु
सङ्केत – SSS  llS  lSl  llS  SSl  SSl S

वि.सं.२०८१ माघ २६ शनिवार ०५:१० मा प्रकाशित

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आज पाँच वटा अन्तरराष्ट्रिय दिवस परेका छन् ।...

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...