back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन १७ शनिवार

1K 

shares

कपिल किशोर घिमिरे, दाङ

सहेर पीडा छ बस्नु पर्दै सदैव रम्ने रहर छ बेग्लै
म हिँड्न थाले नजाने बाटो म हिँड्नु पर्ने डगर छ बेग्लै

म भन्छु आऊ नजर मिलाई रिसाई हेर्छिन् घृणा गरी झन्
छ प्रेम सायद अरू कसैमा मलाई हेर्ने नजर छ बेग्लै

निकै रुवायो मलाई उसले रहेछ माया सधैँ अनौठो
भएन थाहा मलाई उसले सदैव चुम्ने अधर छ बेग्लै

न आस बाँकी न प्यास बाँकी छ सास मात्रै अलिक पियारी
छ साथ तिम्रो सदैव प्रेमिल त्यसैको मात्रै असर छ बेग्लै

सदैव प्यारो स्वदेश लाग्ने रहेछ साँच्चै विदेश बस्दा
छ बाध्यता छैन काम आफ्नो उता विदेशीको डर छ बेग्लै

बहर -जमिल मुसम्मन सालिम
अर्कान -मफाइलातुन् मफाइलातुन् मफाइलातुन् मफाइलातुन्
वजन – १२१२२ – १२१२२ – १२१२२ – १२१२२
काफिया – अर
रदिफ – छ बेग्लै
अभ्यास – स्वर्ण पाठशाला

 

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:४५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...