back
CTIZAN AD

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

वि.सं.२०८१ फागुन २१ बुधवार

2.4K 

shares

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा ) न्युयोर्क च्याप्टरले आफ्नो सातौ अधिवेशन १०२५ न्युयोर्क को ज्यक्सन हाईटमा फेब्रुअरी २४मा भव्यताका साथ सम्पन्न गरेकोछ ।

अधिवेशनले सन २०२५ देखि सन २०२८ सम्मको कार्यकालको निम्ति अरुन मेवाङ् राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित सत्र च्यप्टर कार्यसमिती सर्वसम्मतिबाट चयन गरेकोछ । अधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि, वर्तमान केन्द्रिय सदस्य गरचा राईलें किरात राईहरु संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्बद्र्धनमा हामी नै लाग्नु पर्ने बताएका थिए ।

उनले युवा पिढीहरु एक उमेरमा बाहिरको रौनक तिर आकर्षित हुने र सजिलै मन बरालिन सकिने भएको हुँदा आफु सचेत हुन पर्ने बताउदै अलि उमेर पाकोपन हुदै जादा र हरेक जिवन शैलीहरु मिलाउदै जादा समाजमा घुलिदै जादा बल्ल आफ्नो संस्कार र संस्कृति अनी पहिचानको महत्व अझ गहिरो गरी बुझिने बताए । ‘त्यसैले युवाहरु अहिलेबाट नै आफ्नो संस्कार, संस्कृतिलाई जीवन्त राख्न सकृय भूमिकामा उभिएर अघि बढ्न सके भविष्य उज्ज्वल हुनेछ ।’

संस्थाका संस्थापक सदस्य तथा पुर्व युक्रा न्युयोर्कका अध्यक्ष तथा युक्रा केन्द्रीय उपाध्यक्ष केशवराम राईले निवर्तमान अध्यक्ष ममता राई नेतृत्वको कार्यसमितिले न्यूयोर्क च्याप्टरको हकमा अहिलेसम्मकै उत्कृष्ट काम गरेको भन्दै प्रसंसा गरेका थिए । उनले संस्थाको अझ उन्नती र प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा न्यूयोर्क च्याप्टर सल्लाकार गोविन्द राई, कारातेको अन्तर्राष्ट्रीय रेफ्री, जज तथा कराते एसोसिएनको प्रशिक्षक सेनसेइ पर्खी खालिङ राई र सुकु रुम्दाली राईले नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

युकेआरओए निवर्तमान अध्यक्ष ममता खालिङ राईले आफुले ३ वर्षे कार्यकाल अवधीमा गरेका कामहरु ऐतिहासिक र किरात राईहरुको हिमायती रहेको बताइन् । आफुले २०२२ बाट नै केही न केही नयाँपन दिने प्रयास गर्दै आएको र सम्पूर्ण कार्यसमिती र युक्रा परीवारको एकताबाट यो सम्भव भएको बताइन् ।

आफ्नो पहिलो कार्यकाल साकेलामा युकेओरओएका पाँचवटै च्याप्टरहरुबाट तथा केन्द्रको समेत सहभागितामा र नेपाल आदिवासी जनजाती महासंघ अमेरिका अन्तर्गतका १८ संस्थाहरु, फÞिवना, एनआरएनए, हामी नेपाली ग्लोबल लगायतका अमेरिकामा रहेका अन्य संस्थाका अतिथीहरुवीच भव्य र सभ्य रुपमा सम्पन्न भएको बताइन् । ‘त्यो साकेलाले किरात राईहरुले मनाउने साकेलाको अर्थ र भाव के हो ? भन्ने कुरा सबै माझ प्रस्टाउन केही हद सम्म सफल भएको थियो,’ उनले भनिन्, ‘दोस्रो वर्षको साकेला पनि अमेरिकन् नेपाली संस्थाहरु मध्येकै पहिलोपटक टाइम स्क्वायरको सहरमा युक्रा न्युयोर्क च्याप्टरले उभौली साकेला सिली कार्यक्रम गरेको र सिटिको तर्फबाट अधिवक्ताद्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई बिशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो ।’

सोहि अवसरमा सिटीको तर्फबाट उत्कृष्ट आठजना साकेला सिली गर्ने र ढोल झ्याम्टा बजाउने कलाकारहरुलाई प्रमाणपत्र काशिफ हुसेनको हातबाट बितरण गरिएको पनि खालिङले स्मरण गराइन् ।

आफुले नेपालमा रहेका संस्थाहरुलाई पनि आर्थिक सहयोग गर्दै र अमेरीकान राईहरु जो नयाँ आयम लिएर अघि बढीरहेको र कड़ा संघर्षबाट सफलता पाएका राईहरुलाई सम्मान पत्र दिएर हौसला र उत्प्रेरणा दिने गरेको कुरा उल्लेख गर्दै उनले भनिन् नयाँ कार्यसमितीलाई “किरात राईहरुको संस्कार,संस्कृति र पहीचान बचाउन र पुस्तान्तरणका लागि एक सिपाही अर्थात हाम्रो संस्कृतीको माली हुनुभएको छ ।’

उनले आफुले गर्न बाकी छोडेको सपना पूरा गर्न नयाँ कार्यसमितिसंगै हातेमालो गरेर हरपल किरात राई समुदायको हितको लागि अघि बढ्ने बाँचा गर्दै इतिहासमा नाम लेखाउन भन्दै नयाँ कार्यसमितिलाई बधाई दिइन् ।

युकेआरओए न्युयोर्क च्याप्पटरका संस्थापक अध्यक्ष, पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रिय महासचिव तथा न्युयोर्क च्याप्टरका वर्तमान सल्लाहकार एवं निर्वाचन आयुक्त प्रभाकर राईले सफलतापुर्वक निर्वाचन सम्पन्न गरि अरुण राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर, एक महिला कोअर्डीनेटर सहित १७ जनाको न्यूयोर्क च्याप्टर कार्यसमितीको घोषणा गरेका थिए ।

नयाँ कार्यसमितीहरुलाई खादा लगाइदिएर नोक्छो पदम बहादुर राईबाट प्रमाणपत्र प्रदान गरी निर्वाचन आयुक्त प्रभाकर राईबाट सपथ ग्रहण गराइएको थियो ।

यस्तो छ नयाँ कार्यसमिति
नवगठित कार्यसमितिमा अध्यक्ष अरुन राई, वरिष्ठ उपाध्यक्ष वसन्ती राई, उपाध्यक्ष प्रमल राई, उपाध्यक्ष तेशुराज राई, महासचिव सृजना वाहिङ, सचिव उत्तर थुलुङ राई, कोषाध्यक्ष विनोद चाम्लिङ राई, सहकोषाध्यक्ष मनिषा चाम्लिङ राई वोर्ड सदस्यहरु उधिर राई, निलम राई, दिपेश राई, जेनी महर्जन राई, शान्ति राई, अर्पन राई, मनिराज राई र कल्चर कोअर्डिनेटरमा रोशन राई र महिला कोअर्डीनेटरमा सरिता राई चयन भएका छन् ।

न निर्वाचित अध्यक्ष अरुन राईले निर्वाचन आयुक्त राईलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यावाद दिदै निवर्तमान अध्यक्ष ममता राई लगायत कार्यसमितीलाई विदाई तथा धन्यवाद दिदैं आफु आफ्नो भाषा र संस्कृतिको संरक्षणको निम्ती दत्ताचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनमा संस्थाको आय÷व्यय विवरण संस्थाका कोषाध्यक्ष नेपाल यात्रमा रहेकोले उपाध्यक्ष कृष्ण प्रसाद राईले पेश गरेका थिए । अधिवेशनको पहिलो सेसन माहासचिव बद्री कुमार राईले सन्चालन गरेका थिए ।

वि.सं.२०८१ फागुन २१ बुधवार १९:२८ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...