back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ चैत २३ शनिवार

834 

shares

ज्योतिका क्षेत्री, सिलगडी, भारत

१.
सच्याइदिनू ती भूलहरू
भूलवस भएका भए
भाँचिदिनू तीखा शूलहरू ।

२.
फुटिहाले भावनाका मूलहरू
मजाले रगडिदिनु शब्दहरूलाई
धोइयोस् कलुषित धुलहरू ।

३.
टक्टकाएर अज्ञानताको झुलहरू
ज्ञानको ज्योति जलाइदिनू
उज्यालोमा फक्रिन्छन् फूलहरू ।

४.
सजाइदिनू ती सपनाहरू
अधुरो छाडेर गएकाहरूको
घिट्किसो बनेका थपनाहरू ।

५.
असफलताको सेतु तर्नेहरू
मनमनै लड्डु खाइरहन्छन्
आलस्यलाई अङ्कमाल गर्नेहरू ।

६.
पन्छाई देऊ ती कुरीतहरू
समाजका कुसंस्कार मास्न
लेखौँ जागरण गीतहरू ।

७.
दलिदिएर घिनलाग्दा दागहरू
दाउमा हात्ती लडाउनेहरूले
खोस्छन् अनेकौँका भागहरू ।

८.
हक मार्न जान्नेहरू
अघि बढ्न दिँदैनन्
अर्काका खुट्टा तान्नेहरू ।

९.
विपदमा खुच्चिङ मच्चाउनेहरू
संघर्षपछिको सफलता देखेर
ईष्र्याले जल्दै होच्याउनेहरू ।

१०.
ढिम्किन नदिए दुर्भावनाहरू
नकारात्मकता मनमा आउँदैन
सप्रिएर जान्छ मनोकामनाहरू ।

वि.सं.२०८१ चैत २३ शनिवार ०८:४९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...