back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ चैत २३ शनिवार

762 

shares

खगेन्द्र बस्याल, तिलोत्तमा ९, रुपन्देही

१.
राधा पियारी
बाँसुरी बजाउँदै
कृष्ण सवारी ।

२.
वृन्दावनमा
आए कृष्ण मनैमा
जनजनैमा ।

३.
नाम उनको
धन्य कृष्ण भगवान्
काम जूनको ।

४.
कति सजिलै
सम्झे शान्ति आउने
कृष्ण बरिलै ।

५.
श्यामसुन्दर
ध्यान भए श्रीकृष्ण
मनै मन्दिर ।

६.
बालगोपाल
हृदयमा रहेका
उच्च हिमाल ।

७.
छैनौं पारिका
श्रीकृष्णको महिमा
सबै वारिका ।

८.
उता केशव
श्रीकृष्णकै नाम हो
यता माधव ।

९.
खुसी छाएको
बालबच्चा घरमा
कृष्ण आएको ।

१०.
देश विदेश
गीतालाई मान्नुहोस्
हितोपदेश ।

 

वि.सं.२०८१ चैत २३ शनिवार ०८:५५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...