back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत २३ शनिवार

966 

shares

अरुण खड्का, किर्तिपुर, काठमाडौं

जहाँ आलो पालो अचाना फेरिन्छन्
त्यहीँ तिर हान्नेका निसाना फेरिन्छन्

जसै पत्ता लाग्छन् झुटो बोल्नेका राज
त्यही पलमै झुटका बहाना फेरिन्छन्

उनी जहिल्यै आफ्ना कुरा माथि पार्छिन्
हदै गर्दा जिद्दी दिवाना फेरिन्छन्

दिनैपिच्छे उनका हितैषी छन् बढ्दै
नयाँ साथी भेट्दा पुराना फेरिन्छन्

हिलोमाथि हाँस्दै कमल फुल्ने गर्छ
समयसङ्गै हाँगा स–साना फेरिन्छन्

बहर – अनुराग
अर्कान – मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन – १२२२ – २२ / १२२२ – २२
काफिया – आना
रदीफ – फेरिन्छन्
अभ्यास – स्वर्ण पाठशाला

वि.सं.२०८१ चैत २३ शनिवार ०८:५७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...