back
CTIZAN AD

लघुकथा : पर्स

वि.सं.२०८२ वैशाख १३ शनिवार

1.9K 

shares

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं

“मैले भनेको सामान आज पनि ल्याउनु भएन है तपाईंले ?”, बिहानी भ्रमणबाट फर्केका पतिको हात खाली देखेर पत्नीले भनिन् ।
“हत्तेरीका ! साथीहरूसंग गफ गर्दै आएको थिएँ, त्यै धुनमा भुसुक्कै बिर्सेछु, भोलि चाहिँ पक्कै सम्झेर ल्याउँछु है !” , पतिले आश्वासन दिए ।
“पहिले–पहिले त बोली मुखबाट भूइंमा खस्न नपाउँदै सामान आइपुग्थ्यो घरमा, अहिले भने हजार पटक भनेको भन्यै गर्दा पनि अत्तोपत्तो हुन्न । खै, कति भुलक्कड भएको हो हँ यो मान्छे पनि !”, पत्नी भुत्भुताउँदै भान्सामा पसिन् ।

भरेङ ओर्लदैं गरेको छोरो आमाबाबुको कुरा सुनेर रोकियो । केही सोचेर माथि उक्लियो । बाथरुम छिरेको बाबुको खल्ती छामछुम पार्यो । उनको पर्स खोल्यो अनि मनमनै हाँस्दै हतारहतार निस्कियो ।

“भोलि सामान ल्याउँछु त भनेको छु उनलाई !”, यही कुरा मनमा खेलाउँदै पति कोठामा छिरे । उनले पर्स छामे, केही फरकपन महसूस भयो । खोलेर हेरे, पर्सभित्रको अवस्था देखेपछि अचम्म मान्दै भान्सामा पुगेर पत्नीलाई सोधे, “मेरो पर्स तिमिले खोलेकी थियौ ?”

“के भन्नुहुन्छ ! म किन खोल्थें र तपाईंको पर्स ?” पत्नीबाट प्रत्युत्तर आयो ।

“उसो भए, पर्सभित्र रहेका बीस–पचासका नोटमा, अहिले हजार–हजारका यतिका नोटहरू कहाँबाट थपिए त !!” , उसले पत्नीको मुख हेर्दै भन्यो ।

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:१४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...