back
CTIZAN AD

गजल

वि.सं.२०८२ वैशाख १३ शनिवार

1.6K 

shares

भूपाल अधिकारी, विराटनगर

देखिँदै छन् आज केही भिन्न पारा बल्लतल्ल
देश भित्रै बढ्न थाल्यो भाइचारा बल्लतल्ल

एक झलमल दीप बल्दा ज्ञान छर्ने चेतनामा
न्याय माग्दै उठ्न थाले सर्वहारा बल्लतल्ल

जाल थापी थुन्ने गथ्र्यौ उसले सोझालाई सजिलै
थुन्न थाल्यो बन्दी गृहमा ज्यानमारा बल्लतल्ल

बस्ने गथ्र्यो तेल हाली कानमा सरकार जहिले
सब गरिबका सुन्न थाल्यो अब पुकारा बल्लतल्ल

दुःख पीडा धेर आए भेलजस्तै जिन्दगीमा
किन्तु मैले पार लाएँ हर तगारा बल्लतल्ल

बहर – रमल मुसम्मन सालिम
अर्कान – फाइलातुन् फाइलातुन् फाइलातुन् फाइलातुन्
वजन – २१२२ – २१२२ ÷ २१२२ – २१२२
काफिया – आरा
रदिफ – बल्लतल्ल
अभ्यास – स्वर्ण पाठशाला

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:१६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...