back
CTIZAN AD

बाल सुसेली

वि.सं.२०८२ वैशाख १३ शनिवार

1.3K 

shares

विके माकजू, भक्तपुर

१.
मुख धोएर
पढ्न बस्छु बिहानै
झोला खोलेर।

२.
पढी कखरा
पढाइमा हुन्छु म
निकै तगडा ।

३.
मन लगाई
कण्ठ गर्छु अक्षर
ए बि सि डि इ ।

४.
सजिलो त नि !
जाने सुत्र– सुत्रादी
हिसाब पनि ।

५.
लगाई ध्यान
सफा राम्रो पारौंला
अक्षर ज्ञान ।

६.
घर छ यस्तो
पढ्न लेख्न मलाई
स्कुल नै जस्तो ।

६.
स्कुलमा पढ्छु
कक्षाकार्य घरमा
साँझ नै गर्छु ।

७.
पढ्नमा किरो
मेरो कक्षा कोठाको
पढन्ते हिरो ।

८.
मेरो छ सान
म हुँ टप विद्यार्थी
नम्बर वान ।

९.
खान्न म गाल
विद्यार्थीमा राम्रो म
शंकर लाल ।

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:१७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...