back
CTIZAN AD

मुक्तक

वि.सं.२०८२ वैशाख १३ शनिवार

1.2K 

shares

मिलन अधिकारी ( गम्भिर यात्री)
पोखरा–२०, भलाम, कास्की

१.
धीप धीप भए पनि बल्दैछु सरकार
मरुभूमिको अन्धकारमा गल्दैछु सरकार
उद्धार कस्ले गर्यो र परदेशीलाई,
नमरी चितामा जल्दैछु सरकार ।

२.
बाले माया गरे आमाको गाली पाइएन
स्वार्थी दुनियाँ कसैको ताली पाइएन
वर्तमानको माग नै यही होला,
अहिलेसम्म खै किन घरवाली पाइएन ।

३.
दिन भन्दा अचेल रात प्यारो लाग्छ
बिताएका हरेक प्रभात प्यारो लाग्छ
टाढा हुँदा त भन्न सक्दिन प्रिया,
नजिक हुँदा हुल जमात प्यारो लाग्छ ।

४.
जे भए नि मेरो लागि खास हौ तिमी
जिस्किने अनि ठुस्किने बदमास हौ तिमी
माया गर या नगर तिमीले,
मेरो नजरमा सधैं एकनास हौ तिमी ।

 

वि.सं.२०८२ वैशाख १३ शनिवार ०७:५९ मा प्रकाशित

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...