back
CTIZAN AD

कविता : मेरो मर्जी

वि.सं.२०८२ वैशाख १३ शनिवार

1.1K 

shares

निम्बतरु, अर्घाखाँची

मेरो मर्जी चल्दैन
कति कति बन्धन छ
मेरो मर्जी चल्थ्यो
कहिल्यै जीवन यस्तो हुँदैन थियो

सबैभन्दा भगवानको मर्जी चल्छ
भगवानको मर्जीले
भगवानको मर्जीले
भन्दिन्छन् कति सजिलै
शुभ होस् अशुभ

निकै समय पहिले त
मालिकको मर्जी चल्थ्यो
उस्को जो मर्जी
जीवन चलाउन कहाँ पाइन्छ
निरङ्कुश र अङ्कुश लगाइहाल्छ
कहिलेकाहीँ जीवन
दाम्लोमा बाँधिएको भेडोजस्तो लाग्छ
किलो वरिपरि रिङ्यो बस्यो

जो मर्जी चाह्यो जीवन चलाएको भए
आफ्नो मर्जी मुताविक हिँडेको भए
कहाँ यस्तो हुन्थ्यो जीवन
अझ बेहत्तर अझ काबिल हुन्थ्यो
खुब हुन्थ्यो ।

जहाँ मर्जी म फुलें भने बल्ल असली रङ देखिनेछ
तिम्रो मर्जीले
म कता कता धर्साे रहें जीवनको केवल ।

 

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:०१ मा प्रकाशित

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...