सुमन शर्मा, टेक्सास अमेरिका
तिमी आयौ बुझायौ कुरा एकाबिहानै
भएँ हर्षित असाध्यै सखा एकाबिहान
चुनौतीमाझ हिँड्दा अझै खारिन्छ मान्छे
भनी सम्झाउँदै छिन् प्रिया एकाबिहानै
छ दिलमा घाउ जुन त्यो दिएकी हुन् उनैले
वचन त्यसमाथि लाइन् पिरा एकैबिहानै
बुझाऊँ भन्छु यो मन पिरोल्यो यादले झन्
म भोग्दैछु समस्या कडा एकाबिहानै
क्षणिक हो हर्ष हामी बुझे यो सत्य सबले
खुसी भइदिन्छ जीवन सदा एकाबिहानै
बहर – अरिज
अर्कान – मुफाईलुन् फऊलुन् मुफााईलुन् फऊलुन्
वजन – १२२२ – १२२ – १२२२ – १२२
काफिया – आ ( एकाक्षरी स्वर )
रदिफ – एकाबिहानै
अभ्यास : स्वर्ण पाठशाला
वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:१७ मा प्रकाशित






























