back
CTIZAN AD

गजल

वि.सं.२०८२ वैशाख २७ शनिवार

1K 

shares

अनुराग अरुण, ललितपुर

छ्यौ दुरुस्तै अहो परीजस्तै
छैन कोही यहाँ तिमीजस्तै

फूलले भन्छ प्रेयसी तिम्री
हरघडी लाग्दछिन् शशीजस्तै

भित्र दिलमा सधैँ बसेकी छ्यौ
हौ तिमी मेरो जिन्दगीजस्तै

मात लाग्ने नसालु छ्न् आँखा
छ्यौ तिमी मस्त चाँदनीजस्तै

आज के हो निकै खुलेकी छ्यौ
बैँस तिम्रो छ मखमलीजस्तै

बहर – असम मक्बुज अवतर
अर्कान – फाइलातुन् मफाइलुन् फैलुन्
वजन – २१२२ – १२१२ – २२
काफिया – ई ( स्वर )
रदिफ – जस्तै
अभ्यास – परिश्रमी पाठशाला

 

वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:२४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...