back
CTIZAN AD

लघुकथा : सुख

वि.सं.२०८२ जेठ ३ शनिवार

3.5K 

shares

वसन्त अनुभव, घोराही – १४, दाङ

सम्पत्तिमोहमा चुर्लुम्म डुबेको देखेर विवेकलालले मोहप्रसादलाई भने ।

‘धनसम्पत्तिका पछि अन्धो भएर कति मरिहत्ते गर्छस् ए मोहे ? आखिर कसैले पनि मर्दासँगै लिएर जाने होइन ।’

‘त्यसो भए हात बाँधेर बँसु ? खाने मुख बन्द गरुँ ?’ मोहप्रसाद जङ्गियो ।

‘नजङ्गी न त्यसै । हात बाँधेर बस्ने कसले भन्यो र ? बाँचुन्जेल काम, मेहनत त सबैले गर्नुपर्छ ।’ विवेकलालले शान्तपूर्वक भने ।

‘त्यही त गर्दैछु नि । अनि यो डाहा किन ?’ मोहप्रसाद अझै तातो थियोे ।

‘डाहा गरेको होइन । मैले मात्र के भन्न खोजेको हुँ भने, तँ धनको पछि होइन, तेरोपछि धन लागोस् ।’ विवेकलालले स्पष्टीकरण दिए ।
‘मतलब’

‘आफ्नो ईज्जत् , ईमान, धर्म धरौटी राखेर धनको सामु लम्पसार नपर् भनेको । शान्ति र सुखसँग बाँच्ने प्रयत्न गर्।’

‘धन नभई कहाँको शान्ति, केको सुख ।’

‘धन मात्र सुखको साधन होइन् । यदि त्यसो भइदिएको भए महल कहिल्यै दुखी हुने थिएन र झुपडी कहिल्यै सुखी हुने थिएन, बुझिस् ।’

‘त्यसो भए सुख कहाँ छ त ?’

‘हामी भित्रै छ । सुख, दुःख जे भने पनि मान्छेभित्रै हुन्छ । खाली अनुभूति गर्न सक्नुपर्छ । रिसराग त्याग्नुपर्छ ।’

वि.सं.२०८२ जेठ ३ शनिवार ०७:५२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...