मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
केही दिनदेखि छावाको लिँडेढिपीलाई मथ्थर पार्न ढोईले उसलाई चिडियाखाना घुमाउन ल्याइकी थिईन् ।
कोही काला कोही गोरा, कोही अग्ला त कोही होचा, कुनै नर त कुनै नारी, चिडियाखानामा विभिन्न मानव आकृतिहरू राखिएका थिए । उनीहरूको दृष्यावलोकन गर्दा छावा र ढोई दुवै निकै उत्साहित थिए ।
केहीबेरको दृष्यावलोकन पछि दुवै खाजा खाना बसे ।
‘आमा, यो खाजा ती मानवहरूलाई पनि दिउँ न ।’ दयालुपन देखाउँदै छावाले भन्यो ।
‘तिनीहरूलाई दिएर कामै छैन । तिनीहरूले खाने नै हैनन् ।’ ढोईको जावाफ आयो ।
‘किन ? तिनीहरूलाई भोक लाग्दैन र?’ छावा झन् उत्सुक भयो ।
‘लाग्दैन, ती सबै कृतिम हुन् ।’
‘अनि सक्कली मान्छे नि….’ छावाले आश्चर्य भावमा सोध्यो ।
ढोईले सुस्केरा हाल्दै भन्यो ‘ती सबै विलुप्त भइसके, आफ्नै कर्मले…’
वि.सं.२०८२ जेठ ३ शनिवार ०७:५८ मा प्रकाशित






























