back
CTIZAN AD

लघुकथा : सन ४०००

वि.सं.२०८२ जेठ ३ शनिवार

4K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

केही दिनदेखि छावाको लिँडेढिपीलाई मथ्थर पार्न ढोईले उसलाई चिडियाखाना घुमाउन ल्याइकी थिईन् ।

कोही काला कोही गोरा, कोही अग्ला त कोही होचा, कुनै नर त कुनै नारी, चिडियाखानामा विभिन्न मानव आकृतिहरू राखिएका थिए । उनीहरूको दृष्यावलोकन गर्दा छावा र ढोई दुवै निकै उत्साहित थिए ।

केहीबेरको दृष्यावलोकन पछि दुवै खाजा खाना बसे ।

‘आमा, यो खाजा ती मानवहरूलाई पनि दिउँ न ।’ दयालुपन देखाउँदै छावाले भन्यो ।

‘तिनीहरूलाई दिएर कामै छैन । तिनीहरूले खाने नै हैनन् ।’ ढोईको जावाफ आयो ।

‘किन ? तिनीहरूलाई भोक लाग्दैन र?’ छावा झन् उत्सुक भयो ।

‘लाग्दैन, ती सबै कृतिम हुन् ।’

‘अनि सक्कली मान्छे नि….’ छावाले आश्चर्य भावमा सोध्यो ।

ढोईले सुस्केरा हाल्दै भन्यो ‘ती सबै विलुप्त भइसके, आफ्नै कर्मले…’

वि.सं.२०८२ जेठ ३ शनिवार ०७:५८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...