back
CTIZAN AD

कविता : जिन्दगीका अवयवहरू

वि.सं.२०८२ जेठ ३ शनिवार

2.1K 

shares

उत्तम विचार,टोखा, काठमाडौं

कहरमै बित्यो लाग्छ जिन्दगी
रहर पक्रिई भाग्छ जिन्दगी ।
सुखविना हुँदा दुःख आर्जन
गरिब ठान्दछन् कष्ट हो धन ।।१।।

बगरमै सडे प्यास जिन्दगी
सरगमा उडे आस जिन्दगी ।
सहिद स्वप्नझैँ भाँचिए कति
गरिब भोग्दछन् मात्र दुर्गति ।।२।

अधरमा फुली हाँस्न पाइयोस्
लहरमा डुली बाँच्न पाइयोस् ।
समयले कतै पर्खिने भए
दिन र रात नै हुन्न निश्चय ।।३।

कमलझैँ फुलोस् बिर्सिई हिलो
तब न जिन्दगी बन्छ चम्किलो ।
असल मार्गमा हिँड्न पाइयोस्
फसल खेतमा टन्न लाइयोस् ।।४।

सडकमै सडे भोकमा कति
सदनमा लडे झोकमा कति ।
मदन च्याप्दछन् साथमा मुना
हृदयमाछ जो हैन पाहुना ।।५।

छन्द : इन्दिरा
गण : न र र ल गु
गण सङ्केत : III – SIS – SIS – I – S

वि.सं.२०८२ जेठ ३ शनिवार ०८:०८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...