
दिपक पनेरु,सागरनाथ, सर्लाही
तिमीले आगो पानीमा किन लगाएर गयौ
सुन्दरताको घुम्टो त्यो किन उठाएर गयौ
तिमीले दिल मसँग साट्नु थिएन भने त
दिलमा प्रेम अहिले किन सजाएर गयौ
नगर्नु याद भनेर गयौ तिमीले मलाई
पाउजु फेरी तिमीले किन खसाएर गयौ
थिएन केही दुख र कष्ट विरह वियोग
तिमीले आँसु नुनिलो किन बहाएर गयौ
थिएन आशा मिलन हाम्रो हुनेछ भनेर
दिलमा आगो अहिले किन सल्काएर गयौ
लय : झ्याउरे
वि.सं.२०८२ जेठ १० शनिवार ०७:४३ मा प्रकाशित