back
CTIZAN AD

लघुकथाः पुरस्कार

वि.सं.२०८२ जेठ २४ शनिवार

4.4K 

shares

वसन्त अनुभव,घोराही–१४, दाङ

पहिले कहिल्यै नबोल्ने उनी, प्रतियोगिताको सूचना देखेर होला कलमा आएर बोलिन्,

–‘लघुकथा कहाँ पठाउने हो सर?’

–‘इमेलमा !’ मैले सहज जवाफ फर्काएँ ।

–‘कहिलेसम्म पठाउँदा हुन्छ ?’ उनले पुनः प्रश्न राखिन् ।

–‘सूचना पढौँ न मेडम! सबै कुरा त्यसमै छ।’ म झिजिएँ।

केही समयपछि उनको कल होइन मेसेज आयो,

–‘ल है सर, लघुकथा पठाएको छु; यसो नजर लगाउनु होला।’

–‘तपाईँले भन्नु नै पर्दैन नि मेडम, आयोजक भइसकेपछि प्राप्त सबै लघुकथामा नजर जान्छ।’ मैले पनि मेसेजबाटै रिप्लाई दिएँ।

–‘त्यो होइन नि सर, मैले भन्न खोजेको अर्कै कुरा हो। प्रतियोगिता त! मैले जसरी पनि जित्नुपर्छ; इमेजको कुरा छ।’ उनले आफ्नो कुरा राखिन्।
–‘प्रतियोगिता त जित्नोस् शुभकामना छ। तर त्यो अर्कै कुरो भनेको के हो ? बुझिएन नि!’ म स्पष्ट हुन चाहेँ।
–‘खासमा …मलाई फस्ट बनाइदिनु प¥यो।’ उनले निर्लज्ज भनिन् ।

–‘तपाईँ गलत बोल्दै हुनुहुन्छ मेडम, फस्ट, सेकेन्ड आयोजकले बनाउने होइन नि। त्यो त निर्णायकहरूको काम हो।’ मैले कडा शब्दमा भने।

–‘निर्णायक को को हुनुहुन्छ सर? म नै फस्ट हुने वातावरण बनाउनु प¥यो। बरु पुरस्कार रकम आधा आधा …..।’ उनी अझै गिर्दै गइन्।

–‘चुप लाग्नोस् मेडम, तपाईँ सीमा नाघ्दै हुनुहुन्छ। तपाईँ जस्तो स्थापित सर्जकबाट यस्तो हर्कतको आशा गरिएको थिएन। निर्णायकको नाम तपाईँलाई किन भन्ने? हामीबाट यस्तो निकृष्ट कार्य हुन्छ भन्ने कसरी सोच्नुभयो? यस्तै बढी बढी बोल्नु भयो भने तपाईँको लघुकथा प्रतियोगिताबाट बाहिरिन सक्छ।’ मलाई असैह्य भयो।

–‘हटाइदिनोस् न, म पनि सहभागी हुन चाहान्नँ।’ रिसाउँदै उनले मलाई ब्लक हानिन्।

केही दिनपछि उनको एउटा स्टाटस भाइरल बन्यो,

‘पैसा फ्याक्नोस्, पुरस्कार हात पार्नोस्।’

 

वि.सं.२०८२ जेठ २४ शनिवार १०:०४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...