back
CTIZAN AD

लघुकथाः पुरस्कार

वि.सं.२०८२ जेठ २४ शनिवार

4.3K 

shares

वसन्त अनुभव,घोराही–१४, दाङ

पहिले कहिल्यै नबोल्ने उनी, प्रतियोगिताको सूचना देखेर होला कलमा आएर बोलिन्,

–‘लघुकथा कहाँ पठाउने हो सर?’

–‘इमेलमा !’ मैले सहज जवाफ फर्काएँ ।

–‘कहिलेसम्म पठाउँदा हुन्छ ?’ उनले पुनः प्रश्न राखिन् ।

–‘सूचना पढौँ न मेडम! सबै कुरा त्यसमै छ।’ म झिजिएँ।

केही समयपछि उनको कल होइन मेसेज आयो,

–‘ल है सर, लघुकथा पठाएको छु; यसो नजर लगाउनु होला।’

–‘तपाईँले भन्नु नै पर्दैन नि मेडम, आयोजक भइसकेपछि प्राप्त सबै लघुकथामा नजर जान्छ।’ मैले पनि मेसेजबाटै रिप्लाई दिएँ।

–‘त्यो होइन नि सर, मैले भन्न खोजेको अर्कै कुरा हो। प्रतियोगिता त! मैले जसरी पनि जित्नुपर्छ; इमेजको कुरा छ।’ उनले आफ्नो कुरा राखिन्।
–‘प्रतियोगिता त जित्नोस् शुभकामना छ। तर त्यो अर्कै कुरो भनेको के हो ? बुझिएन नि!’ म स्पष्ट हुन चाहेँ।
–‘खासमा …मलाई फस्ट बनाइदिनु प¥यो।’ उनले निर्लज्ज भनिन् ।

–‘तपाईँ गलत बोल्दै हुनुहुन्छ मेडम, फस्ट, सेकेन्ड आयोजकले बनाउने होइन नि। त्यो त निर्णायकहरूको काम हो।’ मैले कडा शब्दमा भने।

–‘निर्णायक को को हुनुहुन्छ सर? म नै फस्ट हुने वातावरण बनाउनु प¥यो। बरु पुरस्कार रकम आधा आधा …..।’ उनी अझै गिर्दै गइन्।

–‘चुप लाग्नोस् मेडम, तपाईँ सीमा नाघ्दै हुनुहुन्छ। तपाईँ जस्तो स्थापित सर्जकबाट यस्तो हर्कतको आशा गरिएको थिएन। निर्णायकको नाम तपाईँलाई किन भन्ने? हामीबाट यस्तो निकृष्ट कार्य हुन्छ भन्ने कसरी सोच्नुभयो? यस्तै बढी बढी बोल्नु भयो भने तपाईँको लघुकथा प्रतियोगिताबाट बाहिरिन सक्छ।’ मलाई असैह्य भयो।

–‘हटाइदिनोस् न, म पनि सहभागी हुन चाहान्नँ।’ रिसाउँदै उनले मलाई ब्लक हानिन्।

केही दिनपछि उनको एउटा स्टाटस भाइरल बन्यो,

‘पैसा फ्याक्नोस्, पुरस्कार हात पार्नोस्।’

 

वि.सं.२०८२ जेठ २४ शनिवार १०:०४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...