back
CTIZAN AD

वि.पि. मार्गमा आमालाई सम्झँदा

वि.सं.२०८२ जेठ ३० शुक्रवार

2.9K 

shares

रोशी खोलामा आएको गतवर्षको बाढिले बल्लतल्ल भएपनि आमाको हातको टिका र जमरा लगाउन पाएको सम्झना छ।आमाले भन्नुहुन्थ्यो- बावु छोरा म वृद्ध भइ सकें। डाँडापारीको जुन जस्तै भइसकेकी छु।कतिखेर कुइनेटामा अस्ताउछु कुन्नी थाहा छैन।यी हातले तिम्रो निधारमा सधै टिका र शिरमा जमराका साथ आर्शिरवाद दिन पाए हुन्थ्यो भगवानसँग यहि प्राथना छ।

गत वर्ष दशैको समयमा नै हो।राष्ट्रकवि सिद्धिचरणलाई सार्है प्यारो लागेको ठाउँ ‌ओखलढुंगाबाट बल्लतल्ल पाल्पासम्म पुग्न सकियो। नेपालीहरूको महान चाड दशै।ठुलाबडाको आर्शिवाद लिने चाड।प्रकृतिले त छेक्न र रोक्न खोजेकै हो तरपनि आमाको मायाँका सामु प्रकृति पनि पराजित हुन पुग्यो। दैवले पनि तँ चिता म पुर्याउछु भन्छन रे। आमाको मायाका सामु प्रकृति पनि हारेको त्यो दिन, विभिन्न वैकल्पिक बाटो हुदै दुई दिनको यात्रा पाँच दिन लगाएर भए पनि आमाको काखमा लहलिन पाएको थिएँ।आगामी वर्षको सुखद यात्राको साथ।

दशै पछि गन्तव्य ओखलढुंगातिर फर्कने क्रममा किन हो किन ? अनायसै रक्तिम परिवार र नारायण रायमाझी दाइका गीतहरू मेरो कानमा गुञ्जिन पुग्थे। हुनत गाडिमा सवारी चालक भाई गोविन्द खत्रीले यस्तैयस्तै गित लगाएका थिए ।कतिखेर जीवन शर्मा दाईले यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैमा भनी गाएको गीतले मेरो कानलाई गुन्जयमान बनाउथ्यो भने कतिखेर नारायण रायमाझी दाईको नमुछे आमा दहिमा टिका नछरे जमरा भन्ने गीतले।जीवन दाईका गीतले अर्को वर्षको दशैका लागि आसा र भरोषाका किरणहरू छर्दथ्यो भने तेतीखेरै नारायण दाईको गीतले आसामा निरासालाई बल दिन्थ्यो।तरपनि म गीत संगीतको आनन्द भने लिइरहन्थें।

एकजना सरकारी कर्मचारी।राज्यको सिंदुर पहिरिए पछि नेपालभर नै मेरो घर ठान्नु पर्ने।सबै नेपालीलाई एउटै परिवार मान्नु पर्ने। यहि कर्तव्य र जिम्मेवारीलाई मेरी आमाले दिएको आर्शिर्वाद ठानी पाल्पादेखि ओखलढुंगा गएर बुवा-आमा, दाजुभाई, दिदीबैनीहरूको सेवामा जुटिरहेको थिएँ। तर पनि जवजव दशैको महिना आउँछ, वृद्ध आमाको यादले सताउँछ। कान्छा अर्को वर्ष त अलि चाडो आएस है। दुई दिन भएनी बस्न र दुःख- सुखका अतितहरूलाई कोट्याउन त पाइन्छ।आमा भन्नुहुन्थ्यो-कहिलेकाहिँ त अतितलाई नकोट्याउँ भन्छु। तिम्रो कोमल हृदयमा चोट लाग्छ कि भनेर। मलाई डर लाग्छ बावु, तिमि सानै हुँदा तिमिलाई बावाले छाडेर जानु भयो।पिता वियोगमा चिरिएको तिम्रो कोमल हृदय फेरी एक पटक चर्किन्छ कि भनेर। फेरी सोच्छु, एउटी आमाले ओच्छाएका अतितका पीडा र भोगाईका शब्दहरूले झन स्पातको काम गर्छ भनेर।

गएको दशैका दिनहरू सम्झदै बर्तमानको प्रतिक्षामा रहिरहेको थिएँ। नयाँ वर्षको शुरूवात नै नमज्जाको छाप छाड्यो मेरो मानसपटलमा। एकाविहानै आमाको टेलिफोनको हिनहिनाहटले मलाई निन्द्राबाट व्युझायो।आमा केहि अत्तालिए झै गरी मलाई सोध्दै हुनुहुन्थ्यो, मेरो बावु तिमिलाई सञ्चै छ नी रु कहाँ छौरु कुनै अप्ठ्यारोमा त परेका छैनौं नीरु आमाका मातृवत्सल्य बाणीहरूमा केहि चिन्ताको भाव थियो भने केहि माया र ममताको मिश्रण। म भनें अनभिज्ञ थिएँ।आमाले मलाई भन्दै हुनुहुन्थ्यो, बावु रेडियो, टिभी हेरेर, बाटोको अवस्था बुझेर मात्र हिड्नु है। हुन पनि हो, मेरो खुट्टामा सानो काँडा बिझ्दा पनि आँखाबाट अश्रुमाला वर्साउने मेरी आमा।

नयाँ वर्षको शुरूवात नै नमज्जाको रह्यो। एकदिन केहिवेर वर्सिएको पानीले रोशी खोलामा बाढी पो आएछ। बाढीले राजमार्गको नियमित सञ्चालनका लागि बनाएको अस्थायी प्रकृतिको सडकलाई कोसीमा पो मिसाई दिएछ। करिव १४ घण्टा चाउचाउको भरमा वसियो। पानीसँग चाउचाउ निल्दै मेरी प्राणभन्दा प्यारी आमाले भनेका शब्दहरु- कान्छा अर्कोसाल दशैमा त छिटै आएस है, सम्झी रहें अनि झस्की रहें।

ओखलढुंगाको मानेभञ्जाङमा पर्ने भडारेको खहरेखोला सार्है खतरा छ आमा। सानो पानी पर्दा पनि खहरे भेलले बाटो छेकिहाल्छ। धेरै उचाइबाट बग्ने खहरेमा बाढी आएको बेलामा परियो भने त गाडी नै बगाएर लैजाने डर हुन्छ। पोहोरसाल त खहरेमा कलभर्ट पनि थिएन। यसपालि त भडारेको खहरेमा ग्याविङ् भरेको छ। वर्षालाई त के थाम्ला र आमा। ज्यानको वाजी लगाएर हिडौं कि नहिडौं, आमाको यादले त सताइरहन्छ। आमा भडारेको खहरेको स्थायी सामाधान भनेको त पक्कि पुल नै हो।सरकारले छिटै बनाउला र म वर्षामा पनि ढुक्कसाथ हिडौंला है।

मेरी प्राणभन्दा प्यारी आमा, हजुर त यतातिर आउनुभएको छैन। सोखु खोला र खाङ्साङ् वेशीको खहरे त अर्को काल बनेर बग्छ यहाँ । वर्षा भएसँग माथिबाट ढुंगा र गिट्टीसहित वग्ने खहरेले बाटो रोक्ने मात्र होइन, गाडी त्यहाँ फस्यो भने त इहलिला नै समाप्त पो गरिदिन्छ। आमा हजुरले त्यहाँ पक्कि पुल होलानी भन्नुहोला।कहाँ हुनु। वर्षोअघि पुलको योजना परी पुल बनाउन सुरु गर्दा गर्दे ठेकेदार साव भागेको रे। आसा गरौं आमा, जनताको सरकारले फरार ठेकेदारलाई समाउला, कारबाही गर्ला र पुल बनाउला अनि म सजिलै हजुरको आशिर्वाद लिन आउँला नी आमा।

मेरो जिवनको आधारशीला आमा, बल्लतल्ल भडारे, सोखु र खाङ्साङ्को खहरे काट्न सकें भने कुडुलेसम्म त पुगौंला।हजुरलाई सम्झना छ नी आमा।पोहोरमात्र माथिबाट आएको पहिरोले ट्रक पुरेको। कच्ची जमिन, जथाभावी बाटो खनेको छ, पहिरो रोकथामको कुनै प्रवन्घ मिलाईएको छैन। कहिले, कति खेर पहिरो जाने हो थाहै नहुने । आमा आशिष दिदै गर्नु है मेरो छोरो र समस्त छोराहरूलाई पहिरोले नपुरोस भनी । आमा मंगलटारमा सडकमा माथीबाट झर्ने र बग्ने लेदोको त कुरै नगरौं।कतिञ्जेल अवरूद्द हुने हो थाहै छैन। वैकल्पिक सडक त बनेको छ तर त्यति भरपर्दो भने छैन। हजुरको आर्शिवादले यसपटक भने माथीबाट लेदो नझरोस है।

आमा हैवर र ग्वालटारको पहिरोको हालत पनि उस्तै छ।कतिखेर कहाँ विचा पार्ने हो पत्तो नै हुदैन। कमजोर भौगोलिक धरातलका कारण माथिबाट पहिरो खसीमात्र रहन्छ। पहिरोमा को, कतिखेर र कहाँ फसिने हो। सरकारले पनि पहिरो रोकथामको स्थायी योजना बनाएको जस्तो देखिदैंन। जे होस मेरी आमाको ममताले मलाई कुनै अवरोध पुर्याउने छैन।
आमा, नदेखे पनि रोसी खोलाको बारेमा सुन्नु र देख्नु भएकै छ। गतवर्षको वर्खाले करिव सत्रसय मिटर पक्की सडक नै बगाएर लग्यो।केही बाँकी राखेन।सत्र किलोमिटर सडक क्षतिको मारमा पर्यो।कैयौंको घरवास नै उजाड बनायो। अहिले पनि रोसी खोला नबहुलाउला भन्ने के छ र आमा। गिट्टि र वालुवा उत्खन गरी प्रकृतिमाथिको दोहन रोकिएको छैन। पशुपति शर्माको गीत खुवै सुनेछन की के हो कुन्नी “लुट्न सके लुट कान्छा, लुट्न सके लुट” भनेझै भइरहेको छ। अनावश्यक र अवैत्र खोला उत्खनन गरी गिट्टि र बालुवा निकाल्ने काम रोकिएको छैन।सरकारलाई पनि भनेर सुन्ला जस्तो छैन आमा। पोहोरको बाढी पहिरो र क्षति विर्सेर हो कि फेरी अवस्था उस्तै छ।सरकारले यनकेन गरेर अस्थायी वैकल्पिक बाटो त खोलेकै हो। बालुवा र गिट्टिको थुप्रो लगाएर बनाएको बाटो कति टिकाउ होला र आमा।सरकारले विशेष ध्यान पुर्यायो भने त बाटो अवरूद्द नहोला नत्र भने त आमा‘‘!!!

आमा त्यहि चौकि डाँडा के। पोहोरको बाढीले एउटा पक्कि घरलाई हेर्दाहेर्दै गर्लाम्म ढालेको थियो नि। त्यहाँको अवस्था त विजोक नै छ।त्यत्रो डाँडा स्वाट्टै झरेको छ।कसरी बाटो बन्ला र जस्तो ठाउँ छ। तर पनि वैकल्पिक बाटो खनेर यातायात सञ्चालनमा ल्याइएको छ।ठाडो उकालो र चिप्लो बाटो, त्यहाँ त गाडिहरू उकालो चढ्न र ओरालो झर्नै कठिन छ। अस्ति भर्खर त्यहिं त हो नी आमा एउटा गाडी पल्टिएको। धन्न मानविय क्षतिभने हुन पाएन। भन्न त त्यो उकालोलाई काटी ग्रेडिङग गरी केहि समतल गराउन सरकार लागिपरेको छ भन्छन् सडक विभागका प्रवक्ता। प्रवक्ताले भनेअनुसार भयो भने त ठिकै होला आमा नत्र हाम्रो सवारी साधन त सार्है पुरानो छ। त्यो उकालो चढ्न त कठिन नै छ।वर्षै पुराना सवारी साधन, पहाडको बाटो । के गर्नु आमा। हजुरको आर्शिवादले सबै ठिकठाक रह्यो भने जसरी पनि दशैमा हजुरको हातको टिका थाप्न आउँला आमा । होइन भने नमरे बाँचे, कालले साँचे अर्को वर्ष आउनेछु। वर्खामासको सुरूवात असारको सुरूमा नै आमालाई यति कुरो राखेंभने मुटुमाथि गाठो पारेरै भएपनि आमाले आशिष दिइ राख्नु हुनेछ। यसपटक आमाको आर्शिवादले विपि मार्गमात्र होइन, देशभरका कुनै मार्ग अवरूद्द हुने छैनन्। सबै छोराहरूले आमाहरूको हातको टिका थाप्न पाउनेछन्। सरकार र जिम्मेवार निकाय जिम्मेवाररूपमा लाग्ने नै छ कामना गरौं आमा।

(लेखक उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका रजिष्ट्रार हुन् )

वि.सं.२०८२ जेठ ३० शुक्रवार १४:५१ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...