back
CTIZAN AD

यी सूचकमा नेपाल लाइफ अव्वल, अरु बीमा कम्पनीको अवस्था कस्तो ?

वि.सं.२०८२ असार १७ मंगलवार

1.8K 

shares

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको ११ महिना अर्थत जेठसम्मको आय–व्यय विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको विवरणमा बीमा कम्पनीहरुले करिब एक खर्ब ५४ अर्ब रुपैंयाँ आम्दानी गरेका छन् । जसमध्ये उनीहरुले करिब एक खर्ब २० अर्ब रुपैंयाँ बीमालेख नबिकरणबाट उठाएका छन् भने करिब दुई अर्ब ७५ करोड रुपैंयाँ बैंदेशिक रोजगारीमा गएकाहरुबाट उठाएका छन् । त्यस्तै उनीहरुले प्रथम बीमा शुल्क वापत करिब ३१ अर्ब ३५ करोड रुपैंयाँ संकलन गरेका छन् ।

यी सूचकमा नेपाल लाई अब्बल
प्रथम बीमा शुल्क, नविकरण शुल्क र कूल बीमा शुल्कमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अब्बल देखिएको छ । चालु आर्थिक वर्षको जेठसम्मा उसले प्रथम बीमा शुल्कवापत मात्र करिब सात अर्ब ९१ करोड रुपैंयाँ संकलन गरेको छ । त्यस्तै उसले अघिल्ला वर्षहरुमा जारी गरिएका बीमालेखको नबिकरणवापत करिब ३२ अर्ब ८० करोड रुपैंयाँ संकलन गरेको छ भने करिब ४१ अर्ब रुपैंयाँ कूल बीमा शुल्क संकलन गरेर बीमा कम्पनीहरु मध्ये उत्किृष्ट देखिएको छ । कूल सक्रिय रहेको बीमालेख र वैदेशिक रोजगार बीमा शुल्कमा चाहिं उसलाई अन्य कम्पनीहरुले पछि परेका छन् ।

सक्रिय बीमालेखमा रिलयवल एक नम्बरमा
चालु आर्थिक वर्षको एघार महिना अर्थत जेठ महिनासम्ममा २५ लाख १० हजार दुई सय ३१ सक्रिय बीमालेख कायम गर्दै रिलायवल लाईफ इन्स्योरेन्स कम्पनी एक नम्बरमा परेको छ । उसले नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुलाई पछि पार्दै सक्रिय बीमितहरु कायम गरेर पहिलो भएको हो । अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा बीमितहरु सक्रिय भएपनि बीमा शुल्क आर्जनमा चाहिं कम्पनी केहि कम्जोर छ । यो अवधिमा उसले करिब चार अर्ब ५६ करोड रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको छ ।

वैदेशिक रोजगार बीमा शुल्क आम्दानीमा सन् नेपाल लाईफ अब्बल
अन्य सूचकहरुमा कम्जोर देखिए पनि रोजगारीका लागि विदेशिनेहरुलाई बीमालेख जारी गर्नेमा सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अब्बल देखिएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा उसले करिब ४४ करोड ७० लाख रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्कवापत आम्दानी गरेको छ ।
वैदेशीक रोजगारीलाई नै प्रमुख आम्दानीको स्रोत बनाएको जस्तो देखिएको यो बीमा कम्पनीको आम्दानी भने पुछारबाट पहिलो देखिन्छ । यो अवधिमा उसको कूल आम्दानी करिब तीन अर्ब ७४ करोड मात्र रहेको छ ।

वि.सं.२०८२ असार १७ मंगलवार १४:५६ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...