काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेयता एमालेमा खैलाबैला मच्चिएको छ । पार्टीका विभिन्न गतिविधिमा भण्डारीले सक्रियता देखाउन थालेपछि तेस्रो पटक पार्टीको नेतृत्व गर्ने आकांक्षा बोकेका एमाले अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । यद्यपी एमालेमा विद्याको पकड कमजोर रहेको पछिल्लो सिनियारिटीले पुष्टि गरेको छ ।
विद्या पार्टीको नेतृत्व गर्ने आकांक्षासहित पार्टीका गतिविधिमा सक्रिय रहेको देखिन्छ । ओली पक्षधरले विद्यालाई पार्टीको नेतृत्वमा आउनबाट रोक्न पार्टी सदस्यता नविकरणको बखेडा झिकेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको सिमा हटाउने जबर्जस्त निर्णय गरेका छन् ।
एमालेमा उमेर हद र दुई कार्यकालको विधानसम्मत प्रावधान छ । ओली आफू नेतृत्वमा पुग्ने रहरले विधान फेरवदल गर्दैछन् । विद्या पक्षधरले ७० वर्षे उमेर हद र दुई कार्यकाल सिमा कायम राखेर ओलीलाई अध्यक्ष हुनबाट रोक्ने प्रयास गरेको थियो । ओली पक्षधरको जोडबलमा एमालेले यी दुई प्रावधान हटाएर तयार पारिएको विधान मस्यौदा पधाधीकारी र पोलिटब्युरो बैठकबाट अनुमोदन गरेको छ । एमालेको विधान अधिवेशन भदौमा हुँदैछ ।
पोलिटब्युरो बैठकमा ओली पक्षाधार बलियो
१९ सदस्यीय पार्टी सचिवालयमा ओली र विद्याको पकड उस्तै उस्तै छ । केही पधाधिकारी तटस्थ छन् । पोलिटब्युरो बैठकमा भने धारणा राखेका ६६ जना मध्य छ जनाले मात्र विद्याको पक्षमा वकालत गरेका । केन्द्रीय सचिवालय सदस्यहरु मध्ये वरिष्ष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवली र सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र रघुवीर महासेठ विद्याको पक्षमा खुलेका छन् । यता उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरलेल, उपमहासचिवद्वय प्रदिप ज्ञवली र विष्णु रिमाल, सचिव लेखराज भट्ट र पद्मा कुमारी अर्याल ओलीको पक्षमा देखिएका छन् । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, गुरु बराल, सचिवहरु पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा तटस्थ देखिएका छन् ।
नेकपा एमालेले अध्यक्षलाई अझ सक्तिशाली बनाउने नीति लिएको छ । केन्द्रीय सचिवालय रहँदा अध्यक्षबाहेकका पधाधिकारीलाई पनि मुख्य नेता ठान्ने प्रवृत्ति भएको भन्दै विद्यानबाट त्यसलाइ हटाउने प्रस्ताव अनुमोदन भएको छ । १९ सदस्यीय केन्द्रीय सचिवालयको सट्टा १५ सदस्यीय स्थायी कमिटी हुने, जसमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन उपमासचिव र सात सचिव रहने व्यवस्था गरिएको छ ।
सक्रिय राजनीति गर्ने याेजना पार्टी कार्यालयबाटै कार्यन्वन गर्छु
यता ओलीको पेलानमा परेकी विद्याले आफू एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने बताएकी छन् । पार्टी कार्यालय च्यासलमा ओलीले विद्यालाई पार्टी सदस्य नविकरणको विषय समस्या नरेको बताएका थिए । उनले राष्ट्रपति भएको मान्छे पूर्वराष्ट्रिपतिको हैसियतमा सम्मान लिएर बस्न उचित हुने भन्दै राजनीतिमा नआउन विद्यालाई सुझाव दिएका थिए । विद्याले भने आफू धेरै अगाडि बढिसकेले अब नरोकिने बताएकी थिइन् ।
संस्थापन पक्षको बिरोधबिच विद्याले सक्रिय राजनीति गर्ने आफ्नो याजना पार्टी कार्यालयबाटै कार्यन्वनमा लैजाने बताएकी छिन् । उनले ओलीसँगको भेटमा प्रष्ट संदेश दिँदै भनेकी छिन्, ‘पार्टी कार्यालय च्यासलमा नियमित उपस्थित भएर पार्टी काममा सक्रिय हुन्छु ।’ प्रधानमन्त्री निवास बालुवाटारमा भेटन ओलीले गरेको प्रस्तावलाई अस्विकार गरेकी उनले पार्टी कार्यालयमा करिब दूइ घण्टा कुराकानी भएको कुराकानीकिो क्रममा आगामी महाधिवेसनमा अध्यक्षको दावी नछोड्ने संकेत गरेकी छिन् ।
पोलिटब्युरो बैठकमा आफ्नो पक्षको आवाज कमजोर पारिएको बुझेपछि भण्डारीले नै ओलीसँग छलफलका लागि समय मागेको नेताहरूको भनाइ छ । भण्डारीको फोन ओलीले पहिले ‘मिस’ गरेका थिए । पछि ओलीले कलब्याक गर्दा भण्डारीले कुरा गरौं भनेपछि ओलीले ‘आउनुस् न कुरा गरौं’ भनेका थिए । भण्डारीले च्यासलमै आउँछु त्यतै भेटौं भनेपछि ओलीले हुन्छ भनेको बालुवाटार स्रोतको दाबी छ ।
े
वि.सं.२०८२ साउन ५ सोमवार १६:१० मा प्रकाशित






























