back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको वृद्धि, २९ सय तर्फको यात्रामा

वि.सं.२०८२ साउन ५ सोमवार

771 

shares

काठमाडौं । साताको पहिलो दिन आइतबार झिनो अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) दोस्रो दिन सोमबार भने दोहोरो अंकले बढेको छ । अधिकांस कम्पनी उपसूचक समुहमा हरियाली छाउँदा नेप्से पनि उकालो लागेको हो ।

सोमबार नेप्से २१.७६ (०.७५ प्रतिशत) अंकले बढेर २८९२.७२ अंकमा पुगेको छ । लामो समय पछि नेप्सेले २९०० अंक यात्रा तय गरेको हो । यस अघिको कारोबारमा पनि नेप्से २९०० अंकबाट उकालो लाग्ने गरे पनि करोबार बन्द हुँदा ओरालो लाग्ने गरेको थियो । आज कूल सूचिकृत कम्पनीमध्ये २४९ कम्पनीको कारोबारमा करिब १६ अर्ब ३३ करोड रुपैंयाँ बराबरका तीन करोड ५६ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज कारोबार भएकामध्ये १५३ कम्पनीका लगानीकर्ताहरुले कमाउँदा ९६ कम्पनीका लगानीकर्ताहरुले घाटा व्यहोरेका छन् । आजको कारोबारमा थ्रीस्टार हाइड्रो, ट्रेड टावर लिमिटेड, सान्भि इनर्जि लगायतकका कम्पनीका लगानीकर्ताहरु सबैभन्दा धेरै आम्दानी गर्नेमा परेका छन् । त्यस्तै ग्रिन डेभ्लोपमेन्ट बैंक, सप्तकोशी डेभलोपमेन्ट बैंक, कर्पोरेट डेभलोपमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै घाटा व्यहोरेका छन् ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्र स्थानमा रह्यो । उसको मात्र ७५ करोड ६६ लाख रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ भने संख्याको आधारमा लक्ष्मी भ्यालु फण्ड अग्र स्थानमा रहेको छ । उसको मात्र करिब १७ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०८२ साउन ५ सोमवार १६:०० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...