back
CTIZAN AD

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

वि.सं.२०८२ साउन १७ शनिवार

927 

shares

काठमाडौँ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले विसं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । गत असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो ।

अहिले छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट पाँच पुस्तकलाई पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

छनोट भएका कृतिहरुमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैह्रआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यास र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेको छ ।

अध्यक्ष लामिछानेका अनुसार यही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक चयन गर्नेछ । उक्त पुरस्कारको राशी रू ३ लाख रहेको छ ।

वि.सं.२०८२ साउन १७ शनिवार १२:१८ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...