back
CTIZAN AD

ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

वि.सं.२०८२ साउन २२ बिहीवार

13.8K 

shares

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार आयोजित ‘ललितकलामा एआई’ विषयक अन्तरक्रियामा उनले ‘एआई जेनेरेटेड’ कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा स्थान दिन सकिने बताए ।

कुलपति हार्तम्छालीले ललितकलामा एआईको समयसापेक्ष उपयोग अपरिहार्य भएको उल्लेख गरे ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले एआईलगायतका प्रविधिलाई अनुकूल प्रयोग गरेमा त्यसले सकारात्मक परिणाम दिने बताए । समयअनुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उनको धारणा थियो ।

त्यस अवसरमा लेखक÷पत्रकार अजय शर्माले एआई सो विषयमाथि प्रस्तुति दिँदै एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा प्रकाश पारेका थिए ।
शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गरेका थिए । उनले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनपर्ने र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताए ।

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले एआईको प्रयोग सही निर्देशनविना अर्थपूर्ण नरहने र सोका लागि विस्तृत ज्ञान आवश्यक रहेको बताउँदै विषयवस्तुको स्रोतबारे सचेत रहन आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरि, रमेश दाहाल, पत्रकार सुनील पौडेललगायतले प्रस्तुतिका विषयमा आफ्ना विचार तथा जिज्ञासा राखेका थिए । समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०८२ साउन २२ बिहीवार ०७:०० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...