back
CTIZAN AD

काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई काठ वितरण सुरु

वि.सं.२०७४ जेठ २५ बिहीवार

786 

shares

 २५ जेठ, काठमाडौँ। द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडले ललितपुरस्थित बालकुमारी डिपोबाट भूकम्पपीडितको घर निर्माणका लागि सहुलियत दरमा चिरान काठ उपलब्ध गराउन सुरु गरेको छ ।

‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ को परिच्छेद ५ को दफा ११ अनुसार काठ सहज रुपमा उपलब्ध गराई बिक्रीवितरण प्रक्रियालाई सहजीकरण तथा व्यवस्थापन गर्न समिति गठन गरी सो कार्य सुरु गरिएको हो ।

प्रतिघरपरिवारका लागि ५० क्युफिटसम्म चिरान काठ सहुलियत दरमा उपलब्ध गराउन सुरु गरेको द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने काठ व्यवस्थापन समितिमा स्थानीय विकास अधिकारी, जिल्ला वन अधिकृत, जिल्ला प्रहरी कार्यालयको प्रमुख, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको प्रतिनिधि, टिम्बर कर्पोरेसनको अधिकृत प्रतिनिधि सदस्य र जिल्ला वन अधिकृतले तोकेको सहायक वन अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

समितिले सम्बन्धित जिल्लाका भूकम्पपीडित परिवारलाई आवश्यक पर्ने काठको लगत तयार गरी वन विभागसँग काठ उपलब्ध गराउन अनुरोध गरेको महाप्रबन्धक लौडारीले बताउनुभयो । विभागले समितिको अनुरोधमा टिम्बर कर्पोरेसन वा जिल्ला वन पैदावर आपूर्ति समितिसँग समन्वय गरी काठ प्राप्ति, चिरानी र ढुवानी कार्यको व्यवस्था मिलाउने गरेको छ ।

समितिले काठको डिपो स्थापना गर्न स्थानको छनोट, डिपो स्थापना र डिपोको सञ्चालन तथा सुरक्षाको व्यवस्था मिलाउनुका साथै उपलब्ध गराइएका काठको सहीरुपमा उपयोग भए/ नभएका सम्बन्धमा समेत अनुगमन गर्नेछ ।

घर निर्माणका लागि काठ आवश्यकपर्ने भूकम्पपीडितले नागरिकता, भूकम्पपीडित परिचयपत्र, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग भएको सम्भौता, जग्गा धनी प्रमाण पुर्जा, घर निर्माणको नक्सा र इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

सिफारिस भई आएका भूकम्पपीडितलाई कर्पोरेसनको बिक्री डिपो बालकुमारीले अग्रिम रुपमा निवेदकलाई टेलिफोन सम्पर्क गरी चिरान काठ लिन आउने दिन, समय तथा अन्य आवश्यक जानकारी उपलब्ध गराउने गरेको जनाएको छ । रासस

वि.सं.२०७४ जेठ २५ बिहीवार १३:५७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...