back
CTIZAN AD

खाडो खोला पस्दा एक दर्जन गाउँ डुब्ने खतरा, तिलाठीमा बाँध फुट्यो

वि.सं.२०७४ जेठ २८ आइतवार

855 

shares

२८ जेठ, राजविराज । लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै खाडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने खतरा रहेको छ ।

पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका ठाउँमा लगातार परेको वर्षाले खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठीलगायतका गाउँ डुब्ने खतरा रहेको स्थानीयवासीले बताएका छन् ।

अहिले खाडो खोलामा आएको बाढीले तेजगतिमा पानी बग्न थालेपछि पानीको वेगले नेपाल–भारत सिमानासँग जोडिएको दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुटेको छ ।

जिल्लाको तिलाठीस्थित नेपाल–भारत सिमानामा निर्माण गरिएको बाँध करिब ५० मिटर फुटेर पानी बगिरहेको राजविराजबाट भारतीय बजार कुनौलीमा सामान किनमेलका लागि गएका श्याम रजकले बताउनुभयो ।

साथै, बाँध फुटेपछि त्यहाँ आवतजावतमा समेत समस्या भइरहेको बताइएको छ ।

यस्तै, राजविराजबाट भारतको कुनौली बजार सामान किनमेलका लागि मोटरसाइकलमा गइरहेको अवस्थामा सो बाढीमा परेर राजविराज नगरपालिका–८ निवासी रामचन्द्र दासको मोटरसाइकल बगाएको प्रहरीलाई उध्दृत गर्दै स्थानीयवासीले जनाएका छन् ।
सो मोटरसाइकलमा सवार दासलाई भने स्थानीय र प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच, बाँध फुटेको ठाउँमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ जेठ २८ आइतवार ०३:१८ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...