back
CTIZAN AD

कविता : उनी (आमा)

वि.सं.२०८२ कात्तिक २९ शनिवार

624 

shares

कृष्णप्रसाद पौडेल ’जस्ताघरेझ
विदुर –४, बट्टार

छिन् मुमा यदि भने खुस मिल्छ ।
वैरीको दमनको दल हट्छ ।।
मातृ हुन् सुत सुता मुटु ठान्ने ।
हुन् उनी सकलमा जय भर्ने ।।–१

प्रेमले जब मुमा शुभ छर्छिन् ।
गेहमा रहरिलो भर दिन्छिन् ।।
भोक कष्ट पिरमा पनि खट्ने।
हुन् उनी सकलमा जय भर्ने ।।–२

वृद्ध बालजनमा तन दिन्छिन् ।
साधुसन्तजनका मन जित्छिन् ।।
कामकाज घरका सब हेर्ने ।
हुन् मुमा सकलमा जय भर्ने ।।–३

खेत टार वनमा पनि पुग्छिन् ।
ती कुँडारभरिका फल टिप्छिन्।।
कामका बखतमा मरिमेट्ने ।
हुन् मुमा सकलमा जय भर्ने ।।–४

साधना र जपना खुब गर्छिन् ।
नातिनी सुत सुता गण ठान्छिन् ।।
मातृ हुन् मनुजका भय तोड्ने ।
हुन् उनी सकलमा जय भर्ने ।।–५

छन्द : स्वागता
गण :र – न – भ – गु – गु
गण सङ्केत : SIS  –  III  –  SII  –  S  –  S

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:३६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...