back
CTIZAN AD

लघुकथाः एकोहोरो घेरा

वि.सं.२०८२ कात्तिक २९ शनिवार

2.6K 

shares

मन्दिरा चापागाईं
सभापोखरी –१, संखुवासभा 

“निकै घोरिएर बाहिर हेर्नुभयो त, म्याम?“– सहकर्मीको जिज्ञासा ।

“त्यहाँ पार्कमा मेरो छिमेकी दाइ जस्तो देख्छु।“– मेरो उत्तर ।

“अनि के भयो त?“ – उनी जिज्ञासु ।

“एकजना अधबैंसे महिलासँग नारिएर फोटो खिच्दै हुनुहुन्छ।“

“अनि?“

“ती महिला भाउजु होइनन् के ?“– मेरो स्पष्टिकरण ।

“त्यस्तै हो । म नि निकैबेर कम्प्युटरमा घोरिइरहेको थिएँ ।“ उनको अप्रासङ्गिक उत्तर ।

“अनि के भयो त,?“ प्रश्न गर्ने पालो मेरो ।

“sale लेखिरहेको थिएँ, तर किन ‘साले’ लेखेँ भन्दै रनभुल्लमा परेँ।“

“यो कुरा र त्यो फोटोको बिच के सम्बन्ध? धेरैबेर एउटै काममा घोरिनु पर्दा त्यस्तै देखिन्छ नि,“ मेरो कौतुहलता र स्पष्टिकरण ।

“छिमेकी दाइहरू त्यहीँ हुनुहुन्छ कि गईसक्नु भएछ ?“ उनको प्रसङ्ग मोडियो ।

“ नचिनेका मान्छेको किन चासो नि ?“– मेरो अलि झर्काइ ।

“जसरी म कम्प्युटरमा एकोहोरो बसेँ अलमलिएँ, उठेँ रिफ्रेश हुन, त्यस्तै वहाँले पनि एकपल अर्की साथीसँग रिफ्रेश हुन पाउनुभयो होला नि,“ उनी मुस्कुराइन् ।

“रिफ्रेस त अन्तर्मनबाट हुनु पर्ने हैन र ? त्यसरी सार्वजनिक रूपमा अरूको माध्यमले रिफ्रेश हुनु उचित हो र?” मेरो आक्रोस,

मौनता छायो, कम्प्युटरको पर्दा उज्यालो थियो, तर मनभित्र अँध्यारो र एकोहोरो घेरा फैलिएको थियो।

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:४० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...