back
CTIZAN AD

कविता : साथी

वि.सं.२०८२ मंसिर ६ शनिवार

1.7K 

shares

काठमाडौं

मैले कुराको बेलिबिस्तार लाउनै छोडिदिए
मेरो मौनतालाई बुझिदिने साथी पाएपछि
हिजो आज भोली सधै एउटै लाग्न थाल्यो
मैले तिम्रो हातसँगै साथ पाएपछि

एउटै आमाको सन्तान त होइनौ हामी
तर पनि दिदीबैनी सरहनै छौ हामी
एकअर्काको पिर दुःखको चौतारी हौ हामी
मित्रताको एक असल उदाहरण हौ हामी

कलियुगमा स्वार्थी मानिसको भिड लाग्छ
त्यहि भिडमा मैले तिम्रो निस्वार्थ साथ पाए
दुःख सुखमा साथ दिने एक इमान्दार साथी पाए
साच्चै भाग्यमानी छु मैले तिमी जस्तो साथी पाए

दुरीले सात समुन्द्र टाढा छौँ हामी
प्रगतिको लयमा छुट्टिएका हौ हामी
आज टाढा भएर के भयो त साथी
एकदिन उही बगैंचामा बुडयौली कट्नी छौँ हामी

कोपिला बर्देवा 

वि.सं.२०८२ मंसिर ६ शनिवार ११:२८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...