back
CTIZAN AD

गुलरियालाई समृद्धशाली र नमुना नगरपालिका बनाउने प्रमुखका उम्मेदवारको प्रतिबद्धता

वि.सं.२०७४ असार ७ बुधवार

990 

shares

७ असार,गुलरिया (बर्दिया) । गुलरिया नगरपालिकालाई समृद्धशाली र नमुना नगरपालिका बनाउने योजना बनाएका गुलरिया नगरपालिकाका प्रमुख पदका उम्मेदवारले बबई नदी नियन्त्रण, गुलरियामा मूल भन्सार नाकाको स्थापना, सामाजिक सद्भाव, सुशासन, भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन र कृषिलाई व्यवसायीकरण गर्ने प्रतिबद्धता गरेका छन् ।

उम्मेदवारी दर्तापछि प्रेस क्लब नेपाल, रेडियो राम ज्ञानु ८९ मेगाहर्ज, निर्वाचन नागरिक अभियानले गुलरियामा आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)बाट प्रमुख पदका उम्मेदवार गेहेन्द्र ढकाल, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिबाट संयुक्तरुपमा उम्मेदवारी दिनुभएका अनुप यादव र स्वतन्त्र उम्मेदवार अयोध्याप्रसाद श्रीवास्तवले सो प्रतिबद्धता गरेका हुन् ।

कृषि, पर्यटन, उद्याोगधन्दा, कलकारखाना, प्रविधिक तथा उच्च शिक्षा र स्वास्थोपचारको सुविधा भएको गुलरिया नगरलाई पाँच वर्षमा गरिब, बेरोजगार मुक्त नेपालकै समृद्धशाली नगर बनाउने योजना पूरा गराउनका आफूहरुलाई प्रमुख तथा उपप्रमुखमा निर्वाचित गर्न नगरवासीसँग उनीहरुले अपिल पनि गरेका छन् ।

माओवादीका ढकालले सङ्घीयता कार्यान्वयनसँगै सङ्कटमा परेको गुलरिया नगरपालिकालाई स्वास्थ्य, शिक्षा, जनजीविकाको सवाललाई सम्बोधन गरी नगरका बेरोजगार युवालाई रोजगारी दिएर गुलरियालाई समृद्ध नगर बनाउन सकिने बताउनुभयो । उहाँले खण्डित कृषिलाई एकीकृत गर्ने, नमुना विद्यालय र नमुना अस्पताल सञ्चालन गर्ने प्रत्येक वडामा १० शय्यााको स्वास्थ्य चौकी प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने जस्ता योजना आफूले अघि बढाउने उल्लेख गर्नुभयो ।

नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमका उम्मेदवार यादवले दृढ इच्छाशक्ति र सङ्कल्प लिएर गुलरियालाई पाँच वर्षमा समृद्धशाली बनाउन सकिने बताउनुभयो । उहाँले रजनवामा मूल भन्सार नाका स्थापना गरी गुलरियालाई औद्योगिक नगरीमा रुपान्तरण गर्ने, युवालाई आत्मनिर्भर बनाउने, बबई नदीमा तटबन्ध बनाएर वृक्षरोपण गर्ने, किसालाई बाह्रै महिना प्राकृतिक र कृत्रिम रुपले निःशुल्क सिँचाइ उपलब्ध गराउने विषय आफ्नो प्राथमिकतामा रहेको छ भन्नुभयो ।

आफू नगर प्रमुखमा निर्वाचित भए नागरिकताको समस्या समाधान गर्ने, सीमा क्षेत्रका बासिन्दाले छिमेकी देशबाटै भोग्दै आएको समस्या स्थायीरुपमा समाधान गर्ने, नगरपालिकाको कर घटाउने, अतिगरिब र बिपन्नलाई कर छुट दिने, शिक्षामा मधेसी समुदायको आर्कषण बढाउने र नगरपालिकाका कर्मचारीलाई नागरिकमैत्री बनाउने, सुशासन र पारदर्शिताको लागि हेलो नगरपालिका सञ्चालन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

देश, धर्म र संस्कृतिको रक्षालाई प्रमुख एजेन्डा बनाएर उम्मेदवारी दिनुभएका स्वतन्त्र उम्मेदवार श्रीवास्तवले राजनीतिक दललाई सही बाटो र जनताप्रति उतरदायी बनाउन आफूले पहल गर्ने बताउँदै कृषिको व्यवसायीकरण, भ्रष्टाचार नियन्त्रण, चिल्डेन पार्क निर्माण, रजनवामा नाका स्थापना, सार्वजनिक सवारीसाधन र ट्राफिक व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राख्ने बताउनुभयो ।

रामज्ञानु एफ एमका स्टेसन म्यानेजर शीतल थापाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश सभासद् यम घिमिरे, पत्रकार महासङ्घका सहसचिव प्रभुराम चौधरी, नागरिक समाजका संयोजक बालकृष्ण वली, नेपाल बार एसोसिएसनका कार्यवाहक अध्यक्ष जङ्गबहादुर खड्का तथा पूर्वअध्यक्ष नरेन्द्र शर्मालगायतले गुलरियाको समग्र विकासका लागि उम्मेदवारले शान्ति सुरक्षा, गुलरियावासीको सामाजिक तथा औद्योगिक विकास र सडकको विस्तारमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

वि.सं.२०७४ असार ७ बुधवार ०९:२७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...