गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले सडक दुर्घटनामा घाइते भएका उपेन्द्र रायलाई आर्थिक सहयोग गरेको छ ।
जनकपुर घर भई हाल दिल्लीमा उपचार गराइरहेका घाइते रायलाई संघले अमेरिकी डलर पाँच सय नगद सहयोग प्रदान गरेको हो ।
केही बर्ष अघि नाइजेरियाको लेगोसमा कार्यरत रहेका राय एनआरएनए नाइजेरियाको पूर्वसदस्य समेत हुन् । जनकपुरमा रहदा हालै उनी सडक दुर्घटनामा परी घाईते भएका थिए ।
संघका अन्तरास्ट्रिय समितिका सदस्य चिरन्जिबी रोका र पुर्ब अन्तर्राष्ट्रिय समितीका सदस्य सन्जीब क्षेत्रीले उक्त रकम संघको तर्फबाट हस्तान्तरण गर्दै उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
वि.सं.२०७४ असार १४ बुधवार १०:२१ मा प्रकाशित




























