back
CTIZAN AD

राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न चेम्बरको माग

वि.सं.२०७४ असार १८ आइतवार

693 

shares

१८ असार, काठमाडौँ  । नेपाल चेम्बर अफ कमर्शले राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न अर्थमन्त्रीसँग माग गरेको छ ।

चेम्बरका प्रतिनिधिमण्डलले आज अर्थमन्त्रालयमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर स्वच्छ प्रशासन, स्वच्छ व्यवसाय’ हुनुपर्नेबारेमा ध्यानाकर्षण गराएको हो ।

भेटमा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकास तथा औद्योगिक व्यावसायिक वातावरणमा देखिएका समस्याबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले खर्च हुन नसकेको पुँंजीगत बजेट व्यवसाय वृद्धिका लागि पुनःकर्जामा लगाउनुपर्ने बताउनुभयो ।

चेम्बरको टोलीले बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जामा उच्च ब्याजदर तथा लगानीयोग्य तरलता अभावबाट सिर्जित समस्या यथाशीघ्र निराकरण गरिनुपर्ने बताएको थियो ।

यस्तै निकासीमूलक उद्योगलाई पाँच वर्ष आयकर छुट, निकासीमा नगद अनुदान भन्सार बिन्दुबाटै दिइनुपर्ने, हालैको बजेट भाषणमा कुरियरलाई ७० केजी र युएस डलर पाँच हजारमा सीमित गरिएकाले यसबाट व्यवसाय सङ्कुचनमा पर्न सक्ने हुँदा यसको समसामयिक परिमार्जन गर्नुपर्नेमा टोलीले जोड दिएको थियो ।

सो अवसरमा अर्थमन्त्री कार्कीले चेम्बर पदाधिकारीले दिएको सुझावलाई गहन अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस

वि.सं.२०७४ असार १८ आइतवार १६:५० मा प्रकाशित

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै...

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा...

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता...

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख...