back
CTIZAN AD

टिकापुर नगरपालिकाको प्रमुखमा एमालेका रावल

वि.सं.२०७४ असार २० मंगलवार

876 

shares

rawal

२० असार, कैलाली । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीचमा अग्रता लिएका नेकपा (माओवादी केन्द्र) का ललितबहादुर थापालाई पछि पार्दै पाँच हजार ९५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थापाले पाँच हजार ६१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा भने नेपाली काँग्रेसकी केशरी विष्टले छ हजार २३६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले पाँच हजार ५५३ मत प्राप्त गर्नुभएको छ ।

गोदावरी नगरपालिकामा एमाले विजयी

यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखका प्रत्यासी एमालेका हरिसिंह साउदले नौ हजार ८७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र भट्टले आठ हजार ४५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकै रत्ना कडायत १० हजार २५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भगवती पाठकले भने आठ हजार ९६२ मत प्राप्त गर्नु भएको छ ।

वि.सं.२०७४ असार २० मंगलवार ०५:१४ मा प्रकाशित

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...