back
CTIZAN AD

एनआरएनए हङकङको महासचिवमा शाहको उम्मेदवारी

वि.सं.२०७४ साउन २ सोमवार

780 

shares

binay-shahगैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महासचिवमा विनय शाहले उम्मेदवारी घोषणा गरेका छन् । हङकङ एकिकृत नेपाली समाज (हिन्स) बाट हङकङमा रहेको नेपाली समाजका लागि सक्रिय रहेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएका शाहले एनआरएनए हङकङको २०१७–०१९ का लागि महासचिवको उम्मेदवारी घोषणा गरेका हुन् ।
जुलाई २३ तारिख हुन गइरहेको एनआरएनए हङकङको छैठौं अधिबेशनमा पुनः महासचिव पदका लागि उम्मेदवारी दिने सोच बनाएको बताउँदै १६ जुलाईका दिन हिन्स कार्यालय मै सम्पन्न चुनावी घोषणा सभामा सार्वजनिक उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
यस्ता छन् शाहको प्रतिबद्धता
१–एनआरएन को मूल उद्देश्य अनुरुप हङकङमा नेपालीहरूले सिकेका सिप र कमाएको रकमबाट सानो मात्रामा सामुहिक लगानीको रुपमा नेपालमा लैजाने ।
२–नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण र अलि बिकट भौगोलिक अवस्थालाई यसको पर्यटनमा प्रयोग गर्दै संसारको एक ‘एड्भेञ्चर टूरिजम’ स्थानको रुपमा विश्वको व्यस्त शहरको रुपमा चिनिएको हङकङमा नेपालको पर्यटनको प्रवर्धन गर्ने ।
यसैसंग हाल एनआरएन हङकङमा देखिएको बिसंगति तथा कोषको ब्रम्हलुटलाई जडैदेखि अन्त गर्नु पनि रहेको छ । एनआरएन हङकङ सम्पूर्ण नेपालीहरूको साझा संस्था हुनाले यसको नेतृत्वमा आउने व्यक्तित्वहरूको चरित्र समाजले पचाउने खालको हुनुपर्दछ भन्ने मान्यता मैले बोकेको छु र यस बिषयमा कुनै कुरा भएमा मलाई सिधै 98794724 मा फोन गरि सार्वजनिक स्वस्थ बहस गर्न म सदा तत्पर रहेको जानकारी पनि गराँदछु । आशा एँव बिश्वास छ यहाँहरूको साथ र सहयोग रहनेछ र समृद्ध नेपालसंग स्वच्छ हङकङेली नेपाली समाज स्थापनामा हातेमालो पक्कै हुनेछ ।
जय नेपाल

वि.सं.२०७४ साउन २ सोमवार ०७:२६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...