back
CTIZAN AD

ऐतिहासिक सूर्यकुण्ड अतिक्रमणको चपेटामा

वि.सं.२०७४ साउन २६ बिहीवार

678 

shares

 २६ साउन, रामपुर ९ पाल्पा । ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेको सूर्यकुण्ड यतिखेर अतिक्रमणको चपेटामा परेको छ । तानसेन नगरपालिकाको प्रभासमा रहेको सूर्यकुण्ड वरिपरि निजी क्षेत्रको लगानीमा निर्माण भएका भवनका कारण अतिक्रमणको चपेटामा परेको हो ।

पहिले पहिले साउन महिनाको सोमबार कुण्डमा स्नान गरी वंशगोपाल मन्दिरमा जल चढाउनेको भिड लाग्ने गर्दथ्यो । अहिले यस आसपासका क्षेत्रमा लुम्बिनी मेडिकल कलेज र अन्य व्यक्तिगत प्रयोजनका लागि धमाधम भवन निर्माण हुन थालेपछि यसको अस्तित्व नै संकटमा परेको छ ।

झण्डै २४ रोपनी क्षेत्रफलमा फैलिएको कमल पोखरीको आडमा यो कुण्ड रहेको छ । सूर्यकुण्ड हिन्दूको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको छ । श्री स्वस्थानीको मुख्य पात्र सतिदेवीको एक अंग पतन भएको प्रभासको त्यस स्थानमा वंशगोपालको नामबाट महादेव उत्पत्ति भएको र त्यसै समयमा कुण्ड पनि उत्पत्ति रहेको धार्मिक जनविश्वास रहिआएको छ ।

धार्मिक महत्व रहेको कुण्ड अतिक्रमणको चपेटामा पर्दा सरोकारवाला निकाय मौन रहँदा थप रहस्य बनेको छ । २०६३÷०६४ सालदेखि अतिक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दा बताउँछन् । कुण्डको आसपासमा लुम्बिनी मेडिकल कलेजको सञ्चालक समितिका जिम्मेवार व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि भवन निर्माण कार्य गरेकै कारण अतिक्रमणको चपेटामा परेको हो । यस विषयमा स्थानीयदेखि राष्ट्रिय सञ्चार माध्यममा आवाज उठेपनि सम्बन्धित निकायले चासो नदिएकाले कुण्डको क्षेत्रफल साँघुरिदै गएको हो ।

स्थानीय स्वायत्त शासन ऐन नियमअनुरुप यस्ता जमिनको संरक्षण गर्ने अधिकार र अख्तियारी स्थानीय निकायलाई दिएपनि नगरपालिकाको निरीहताका कारण धार्मिक क्षेत्र अतिक्रमणको चपेटामा परेको नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति प्रकाश नेपालले बताउनुभयो ।

सूर्यकुण्ड मात्र नभई २४ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीसमेत डम्पिङ साइटका रुपमा प्रयोग हँुदा निरीह बनेको स्थानीय प्रशासनले धार्मिक, पर्यटकीय महत्व बोकेको पोखरीको अस्तित्व दिन प्रतिदिन संकटमा पर्दै गएको नेपालले बताउनुभयो । परापूर्वकालदेखि नै धार्मिक महत्व बोकेको सूर्यकुण्ड क्षेत्र अतिक्रमणमा परी संरक्षणमा कसैको ध्यान जान नसक्दा यसको अस्तित्व नै गुम्दै गएको छ ।

स्थानीयवासी तथा विश्व हिन्दू महासंघका अध्यक्ष विश्वराज पौडेल भन्नुहुन्छ, “सूर्यकुण्डमा स्नान गरे पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक परम्परा परापूर्वकालदेखि नै चलिआएको छ, यस्ता धार्मिक आस्था र महत्वका क्षेत्रमा सम्बन्धित निकायको ध्यान नजाँदा महत्व कम हुँदै गएको छ ।”

पछिल्लो समयमा बाक्लो बस्ती बढ्दै गएका बखत जथाभावी रुपमा नियम विपरीत भवन निर्माण कार्य गर्दा ऐतिहासिक, धार्मिक महत्व बोकेका क्षेत्र खुम्चिन पुगेका छन् जसले गर्दा तिनको अस्तित्व नै गुम्ने अवस्थामा सूर्यकुण्डजस्ता थुप्रै धार्मिक तथा ऐतिहासिक सम्पदा छन् ।

यिनीहरुको संरक्षणमा सम्बन्धित निकायले बेलैमा चासो नदिने हो भने इतिहासका पानामा मात्र नाम सीमित रहन पुग्ने अवस्था देखिन्छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०४:४१ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...