back

ऐतिहासिक सूर्यकुण्ड अतिक्रमणको चपेटामा

वि.सं.२०७४ साउन २६ बिहीवार

288 

shares
GLOBAL IME AD
NTC AD

 २६ साउन, रामपुर ९ पाल्पा । ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेको सूर्यकुण्ड यतिखेर अतिक्रमणको चपेटामा परेको छ । तानसेन नगरपालिकाको प्रभासमा रहेको सूर्यकुण्ड वरिपरि निजी क्षेत्रको लगानीमा निर्माण भएका भवनका कारण अतिक्रमणको चपेटामा परेको हो ।

पहिले पहिले साउन महिनाको सोमबार कुण्डमा स्नान गरी वंशगोपाल मन्दिरमा जल चढाउनेको भिड लाग्ने गर्दथ्यो । अहिले यस आसपासका क्षेत्रमा लुम्बिनी मेडिकल कलेज र अन्य व्यक्तिगत प्रयोजनका लागि धमाधम भवन निर्माण हुन थालेपछि यसको अस्तित्व नै संकटमा परेको छ ।

झण्डै २४ रोपनी क्षेत्रफलमा फैलिएको कमल पोखरीको आडमा यो कुण्ड रहेको छ । सूर्यकुण्ड हिन्दूको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको छ । श्री स्वस्थानीको मुख्य पात्र सतिदेवीको एक अंग पतन भएको प्रभासको त्यस स्थानमा वंशगोपालको नामबाट महादेव उत्पत्ति भएको र त्यसै समयमा कुण्ड पनि उत्पत्ति रहेको धार्मिक जनविश्वास रहिआएको छ ।

धार्मिक महत्व रहेको कुण्ड अतिक्रमणको चपेटामा पर्दा सरोकारवाला निकाय मौन रहँदा थप रहस्य बनेको छ । २०६३÷०६४ सालदेखि अतिक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दा बताउँछन् । कुण्डको आसपासमा लुम्बिनी मेडिकल कलेजको सञ्चालक समितिका जिम्मेवार व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि भवन निर्माण कार्य गरेकै कारण अतिक्रमणको चपेटामा परेको हो । यस विषयमा स्थानीयदेखि राष्ट्रिय सञ्चार माध्यममा आवाज उठेपनि सम्बन्धित निकायले चासो नदिएकाले कुण्डको क्षेत्रफल साँघुरिदै गएको हो ।

स्थानीय स्वायत्त शासन ऐन नियमअनुरुप यस्ता जमिनको संरक्षण गर्ने अधिकार र अख्तियारी स्थानीय निकायलाई दिएपनि नगरपालिकाको निरीहताका कारण धार्मिक क्षेत्र अतिक्रमणको चपेटामा परेको नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति प्रकाश नेपालले बताउनुभयो ।

सूर्यकुण्ड मात्र नभई २४ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीसमेत डम्पिङ साइटका रुपमा प्रयोग हँुदा निरीह बनेको स्थानीय प्रशासनले धार्मिक, पर्यटकीय महत्व बोकेको पोखरीको अस्तित्व दिन प्रतिदिन संकटमा पर्दै गएको नेपालले बताउनुभयो । परापूर्वकालदेखि नै धार्मिक महत्व बोकेको सूर्यकुण्ड क्षेत्र अतिक्रमणमा परी संरक्षणमा कसैको ध्यान जान नसक्दा यसको अस्तित्व नै गुम्दै गएको छ ।

स्थानीयवासी तथा विश्व हिन्दू महासंघका अध्यक्ष विश्वराज पौडेल भन्नुहुन्छ, “सूर्यकुण्डमा स्नान गरे पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक परम्परा परापूर्वकालदेखि नै चलिआएको छ, यस्ता धार्मिक आस्था र महत्वका क्षेत्रमा सम्बन्धित निकायको ध्यान नजाँदा महत्व कम हुँदै गएको छ ।”

पछिल्लो समयमा बाक्लो बस्ती बढ्दै गएका बखत जथाभावी रुपमा नियम विपरीत भवन निर्माण कार्य गर्दा ऐतिहासिक, धार्मिक महत्व बोकेका क्षेत्र खुम्चिन पुगेका छन् जसले गर्दा तिनको अस्तित्व नै गुम्ने अवस्थामा सूर्यकुण्डजस्ता थुप्रै धार्मिक तथा ऐतिहासिक सम्पदा छन् ।

यिनीहरुको संरक्षणमा सम्बन्धित निकायले बेलैमा चासो नदिने हो भने इतिहासका पानामा मात्र नाम सीमित रहन पुग्ने अवस्था देखिन्छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०४:४१ मा प्रकाशित

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे...

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह...

मुङखेती गर्ने किसानलाई अनुदान

मुङखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको...

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर...

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक...